Thursday, June 4, 2026

घट्यो सुनको मूल्य

0

मंसिर १६,२०८२ काठमाडौ :आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला र दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको थियो

गुल्मीमा एक हप्तामा १५१ जनाले राहदानी बनाए, सात लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर १३,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १५१ जनाले राहदानी बनाउँदा सात लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १५१ जनाले राहदानीका बनाउँदा सात लाख ७५ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

। यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १९७, प्रतिलिपि १२९, गैर आवसीय नागरिकता एक, नावलक परिचयपत्र १८, राहदानीको आवेदन संकलन १५१, राहदानी वितरण २२, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४७८, राष्ट्रिय परिचयपत्र वितरण २८७, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३३ भएको छ ।

यस्तै छ वटा संस्था दर्ता तथा नविकरणबाट आठ हजार ३५०, राष्ट्रिय परिचयपत्रबाट दश हजार गरी कुल सात लाख ९३ हजार ३५० रुपियाँ राजस्व संकलन भएको हो ।
गोरखापत्र

गुल्मीमा एक हप्तामा राहदानीबाट मात्रै सात लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर ८,२०८२ गुल्मी : गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्रै सात लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १५१ जनाले राहदानीका बनाउँदा सात लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

। यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १५७, प्रतिलिपि १३५, नावलक परिचयपत्र १४, राहदानीको आवेदन संकलन १५१, राहदानी वितरण २३, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४३० राष्ट्रिय परिचयपत्र वितरण २९९, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ६९ भएको छ ।

यस्तै चार वटा संस्था दर्ता तथा नविकरणबाट दुई हजार चार सय, राष्ट्रिय परिचयपत्रबाट सात हजार पाँच सय गरी कुल सात लाख ५७ हजार चार सय रुपियाँ राजस्व संकलन भएको हो ।

घट्यो सुनको मूल्य

0

मंसिर ५,२०८२ काठमाडौँ : बिहीबारको तुलनमा शुक्रबार सुनको मूल्य घटेको छ ।

बिहीबार तोलामा ७ सय र बुधबार दुई हजार ८ सय रुपैयाँले बढेको सुन आज तोलामा एक हजार ३ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाको दुई लाख ४१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

पहिरोमा १० को मृत्यु, १८ जना बेपत्ता

0
Indonesia Landslide

मंसिर ५,२०८२ : इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । विपद न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।

हाल सम्म सात वटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताउनु भएको छ । लामो समयसम्म परेको वर्षा, पाहाडमा अवस्थित दरारले माटोको तहलाई कमजोर बनाएको विपत्तिको आएको बताउदै मुहारीले चुनौतिपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताउनु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घर क्षतिग्रस्त हुँदा १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेटअनुसार ९३४ बासिन्दालाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारी यस क्षेत्रमा तैनाथ गरिएको छ ।

खोजी प्रयासलाई तिन क्षेत्रमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्र सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइ तथा उपकरण प्रयोग गरिएको जनाइएको छ । रासस .गोरखापत्र

ट्याक्टरले किचेर चार वर्षीय बालकको मृत्यु

0

मंसिर ५,२०८२ सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

अस्थायी नम्बर प्लेट ना.अ.प.अ. ० ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किच्दा स्थानीय रामप्रवेश रायको छोरा चार वर्षीय आर्यन रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा पार्किङ गर्नेक्रममा ट्रलीमा चढेका बालक एक्कासी त्यहाबाट खस्दा ट्रलीको चक्काले किचेर मृत्यु भएको प्रहरी चौकी पर्साले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी सरोज राईले जानकारी दिनुभयो ।

घट्यो सुनको मूल्य

0

कात्तिक २६,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँकायम गरिएको छ ।

अघिल्लो दिन सुनको मूल्य दुई लाख ४६ हजार चार सय रुपैयाँ तोकिएको थियो ।

सुनको मूल्यमा भारी वृद्धि

0

कात्तिक २५,२०८२ काठमाडौँ : सुनको मूल्य एकैदिन भारी वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ ।

आइतबार सुनको मूल्य तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसरी एकैदिनको अन्तरमा सुनमा उल्लेख्य वृद्धि देखिएको हो ।

एसइई प्रमाणपत्र लिन आठ हजार शुल्क

0

कात्तिक २३,२०८२ म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयले एसइई प्रमाणपत्र लिने क्रममा विद्यार्थीबाट आठ हजार रुपियाँभन्दा बढि असुली गरेको खुलासा भएको छ । सरकारी विद्यालयबाटै चर्को शुल्क असुली भएपछि अभिभावक र स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त विद्यालयले विगत एकदशक अघिदेखि चर्को शुल्क लिने गरेको पाइएको हो ।

विद्यालयले एसइई उत्तीर्ण भएको सर्टिफिकेट दिँदा विद्यार्थीबाट आठ हजार दुई सय पचास रुपियाँ शुल्क लिएको हो । विद्यालयले यही कात्तिक २० गते मनिका बानियाँबाट चार सय २७ नम्बरको रसिदबाट एसइई प्रमाणपत्र शुल्कबापत उक्त रकम लिएको खुलासा भएको छ । विद्यार्थीबाट चर्को शुल्क लिने उक्त विद्यालयप्रति अभिभावकले सार्वजनिक रुपमा आवाज उठाउन थालेका छन् ।

उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले सरकारी विद्यालयले अभिभावकबाट प्रमाणपत्रका नाममा चर्को शुल्क लिने गरेको बताउनुभयो । उहाँले विद्यार्थीबाट प्रमाणपत्रका नाममा यति धेरै शुल्क लिनु नहुने बताउनुभयो ।

बानियाँले भन्नुभयो, ‘‘गरिब तथा विपन्न वर्गका विद्यार्थीले पढ्ने सरकारी विद्यालयले प्रमाण पत्र दिदा चर्को शुल्क लिएपछि सरकारी र निजी विद्यालयमा के फरक भयो ।’’ अभिभावकबाट विद्यालय प्रशासनलाई यसबारेमा सचेत बनाउँदा पनि अटेरी गर्ने गरेको बानियाँले बताउनुभयो ।

विद्यार्थीबाट चर्को शुल्क असुल्ने विद्यालयप्रति बेनी नगरका जनप्रतिनिधि र सम्बन्धित निकाय मौन रहेका छन् । उक्त विद्यालयले विगतमा पनि विभिन्न बहानामा विद्यार्थीबाट चर्को शुल्क असुल्दै आएको अभिभावकहरु बताउँछन् । विद्यार्थीले प्रमाणपत्र लिँदा चर्को रुपमा शुल्क बझाउनुपर्ने गुनासो सार्वजनिक भएपछि अभिभावकले विद्यालयको आर्थिक पक्षको छानबिनको माग समेत गरेका छन् ।

‘‘प्रमाणपत्र लिँदा विद्यार्थीबाट उक्त रकम लिनुपर्ने भनी व्यवस्थापन समिति र अभिभावकसँग कुनै छलफल समेत भएको पाइएको छैन,’’ शिक्षक अभिभावक संघका अध्यक्ष बानियाँले भन्नुभयो ।

यता विद्यालयका प्रधानाध्यापक कमल पौडेलले कक्षा ११ र १२ सञ्चालनका लागि विद्यालयमा आर्थिक अभाव भएपछि उक्त रकम लिने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कक्षा ११ र १२ संचालन गर्न आर्थिक समस्या छ । विद्यालयमै कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई प्रमाणपत्र वापत तीन हजार दुई सय पचास र विद्यालयबाट बाहिर अन्य विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीबाट आठ हजार दुई सय पचास रुपियाँ शुल्क लिने विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरेका हौं ।’’ गोरखापत्र अनलाइनबाट

कृषकको खेतमै गएर प्राविधिकद्धारा क्षतीको विवरण संकलन

0

तिलाचन पाण्डे
कात्तिक २३,२०८२ गुल्मीः गत हप्ता परेको बर्साका कारण कृषकको धानमा क्षती पुगेकाले कृषि प्राविधिक खेतमै गएर क्षतीको विवरण सङकलन गरेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाका कृषि प्राविधिकहरु कृषकको खेतमै गएर क्षतीको विवरण सङकलन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि अधिकृत सुशिल पाण्डेका अनुसार कृषकको धान काटेर खेतमै राखेको समयमा भएको क्षतीको विवरण सोही स्थानमै गएर सङकलन गरिएको बताउनुभयो ।

पालिका भित्र कुल ७१ लाख बराबरको क्षती भएको र सबै भन्दा बढी वडा नम्वर २ को अर्वेनीमा ३० लाख रुपियाँको क्षती भएको उहाँले बताउनुभयो । हर्मिचौर,अर्वेनी, जयखानीको कनौटा, पुर्तिघाट फाँट र खडगकोटको कोरेङ र उर्लेनी फाँटको धान खेतीमा क्षती पुगेको हो ।

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार जिल्लामा कुल पाँच करोड बराबरको क्षती भएको जानकारी दिनुभयो ।