
मंसिर ५,२०८२ सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट ना.अ.प.अ. ० ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किच्दा स्थानीय रामप्रवेश रायको छोरा चार वर्षीय आर्यन रायको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा पार्किङ गर्नेक्रममा ट्रलीमा चढेका बालक एक्कासी त्यहाबाट खस्दा ट्रलीको चक्काले किचेर मृत्यु भएको प्रहरी चौकी पर्साले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी सरोज राईले जानकारी दिनुभयो ।







