गुल्मीमा एक हप्तामा १५१ जनाले राहदानी बनाए, सात लाख बढी राजस्व संकलन

0
43
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर १३,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १५१ जनाले राहदानी बनाउँदा सात लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १५१ जनाले राहदानीका बनाउँदा सात लाख ७५ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

। यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १९७, प्रतिलिपि १२९, गैर आवसीय नागरिकता एक, नावलक परिचयपत्र १८, राहदानीको आवेदन संकलन १५१, राहदानी वितरण २२, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४७८, राष्ट्रिय परिचयपत्र वितरण २८७, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३३ भएको छ ।

यस्तै छ वटा संस्था दर्ता तथा नविकरणबाट आठ हजार ३५०, राष्ट्रिय परिचयपत्रबाट दश हजार गरी कुल सात लाख ९३ हजार ३५० रुपियाँ राजस्व संकलन भएको हो ।
गोरखापत्र

SHARE