घट्यो सुनको मूल्य

0
59

मंसिर ५,२०८२ काठमाडौँ : बिहीबारको तुलनमा शुक्रबार सुनको मूल्य घटेको छ ।

बिहीबार तोलामा ७ सय र बुधबार दुई हजार ८ सय रुपैयाँले बढेको सुन आज तोलामा एक हजार ३ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सुन तोलाको दुई लाख ४१ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको दुई लाख ४३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

SHARE