
तिलाचन पाण्डे
कात्तिक २३,२०८२ गुल्मीः गत हप्ता परेको बर्साका कारण कृषकको धानमा क्षती पुगेकाले कृषि प्राविधिक खेतमै गएर क्षतीको विवरण सङकलन गरेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाका कृषि प्राविधिकहरु कृषकको खेतमै गएर क्षतीको विवरण सङकलन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि अधिकृत सुशिल पाण्डेका अनुसार कृषकको धान काटेर खेतमै राखेको समयमा भएको क्षतीको विवरण सोही स्थानमै गएर सङकलन गरिएको बताउनुभयो ।

पालिका भित्र कुल ७१ लाख बराबरको क्षती भएको र सबै भन्दा बढी वडा नम्वर २ को अर्वेनीमा ३० लाख रुपियाँको क्षती भएको उहाँले बताउनुभयो । हर्मिचौर,अर्वेनी, जयखानीको कनौटा, पुर्तिघाट फाँट र खडगकोटको कोरेङ र उर्लेनी फाँटको धान खेतीमा क्षती पुगेको हो ।

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार जिल्लामा कुल पाँच करोड बराबरको क्षती भएको जानकारी दिनुभयो ।






