
कात्तिक २५,२०८२ काठमाडौँ : सुनको मूल्य एकैदिन भारी वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ ।
आइतबार सुनको मूल्य तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसरी एकैदिनको अन्तरमा सुनमा उल्लेख्य वृद्धि देखिएको हो ।







