Thursday, June 4, 2026

१ दर्जन वढि सवारी साधनलाई कारवाही

0

अनिल खत्री, गुल्मी असोज ६ ।
गुल्मीमा नियम बिपरित रातो नम्बर पिलेटका सवारी साधनले यात्रु बोक्ने सवारी साधनलाई कारवाही सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले जिल्ला भर चल्ने रातो नम्बर पिलेटका सवारी साधानहरुलाई कारवाही सुरु गरेको हो ।
चाडवाड नजिकिदै जान थालेसँगै क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत बढने भन्दै सवारी साधनहरुलाई कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सोमबार नियम बिपरित सवारी चलाउने र क्षमता भन्दा वढि यात्रु बोक्ने १ दर्जन वढि सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।
कारवाही गरिएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीको परिसरमा राखिएको छ । ट्राफिक प्रहरीले सवारी चालक र सवारी धनीलाई प्रर्शिक्षण कक्ष राखेर बुझाइने प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए । जिल्ला सदरमुकामबाट बिभिन्न ग्रामीण भेगमा चल्ने सवारी साधनहरु मध्ये रातो नम्बर पिलेटका सवारी साधनहरुले नियम बिपरित यात्रु बोक्ने गरेकाले पहिलो चरणमा सम्झाई बुझाई गर्दा पनि अटेर गरेपनि केहि सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

चाड पर्वको बेला क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत घटने भएकाले त्यसलाई रोक्नको निम्ति प्रहरीले चेक जाँचलाई कढाई गरेको छ । जिल्ला जिल्ला भर चल्ने सार्बजनिक यातायात र रातो नम्बर पिलेटका सवारी साधनलाई चेक जाँच गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्का सहितको टोलीले दैनिक जसो बिभिन्न स्थानमा पुग्ने गरेका छन् । हाल जिल्ला भरका अधिकांश स्थानमा रातो नम्बर पिलेटका सवारीका साधनले पनि सवारी बोक्ने गरेका छन् ।

जुन प्रयोजनको लागि ल्याएको सो कार्य गरेर सवारी चलाउन र अटेर गरे नियमअनुसार करवाही गरिने प्रहरी नायव उपरिक्षक घलेले बताए । जिल्ला भर झण्डै १ सय वटा रातो नम्बर पिलेटका यात्रु बोक्ने सवारी साधनहरु रहेका छन् ।

३ वर्ष पछि भाडा समायोजन

गुल्मीमा ३ वर्ष पछि सार्बजनिक यातायातको समायोजन भएको छ । गत भदौ १० गतेबाट लागु गर्ने गरि जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडक स्तर उन्नती भएपछि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भएको छ । गुल्मीमा ०७३ सालमा कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो ।

जिल्लाका बिभिन्न स्थानका सडकहरु स्तर उन्नती र केहि सडकहरु कालोपत्रे समेत हुदा सार्वजनिक यातायातका पुरानै भाडा कायम थियो । यातायात व्यवसायीहरु पक्कि सडकमा जिप, हायस र डिलक्स बसलाई अन्य सवारीले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेसँगै व्यवसायी भाडा समायोजनमा सहमत भएका भएका छन् ।

अहिले कायम गरिएको नयाँ भाडादरअनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । निर्धारण गरेको भाडादरअनुसार जिल्लाका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा कमी आएको छ। अहिले प्रचलनमा रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर कायम गरिएको हो । तर अहिले तीन बर्षपछि लागु हुने भाडादरमा कच्चि, ग्राभेल र पक्कि सडकमा फरक–फरक भाडादर कायम गरिएको छ ।

सबै सडकहरुमा जीप र हायस तथा बस र मिनि बसको भाडादर भने एउटै हुने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए। अहिले कायम भएको भाडा अनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो ।

त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ । त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैँया कायम गरिएको छ ।

बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेयालले जानकारी दिए । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् ।

बसाइसराईको प्रमाणपत्र लिदाँ गुल्मीमा ६ हजार असुल

0

 

 

खबर मार्केट ,असोज ५ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बसाईसराई गरेको प्रमाण पत्र लिदा ६ हजार तिर्नुपर्ने बाध्यता रहेको पाइएको छ ।
गाउँपालिकाको वडा नं ६ हरेवाका प्रितम थापाले बसाइसराईको प्रमाणपत्र लिदा ६ हजार तिरेको बताएका छन् । गाउँपालिकाको राजश्व समितिको बैठककले निर्णय गरी ६ हजार लिने निर्णय गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।
यस्तै कालीगण्डकी गाउँपालिकाले बसाइसराई गरेको प्रमाणपत्र लिदाँ ५ हजार लिने गरेको छ भने मुसिकोट नगरपालिकाले २ हजार राजश्व लिने गरेको नगरपालिकाले जनाएको छ । यस्तै गुल्मीदरबार गाउँपालिकाले एक हजार ५०० रुपैया लिने गरेको गाउँपालिकाको लेखा शाखाले जानकारी दिएको छ ।
यस्तै रुरु , छत्रकोट गाउँपालिका र रेसुंगा नगरपालिकाले रु ५० रुपैया लिने गरेका छन् । मदाने , ईश्मा गाउँपालिकाले एक सय रुपैया लिने गरेको मदाने गाउँपालिकाले जनाएको छ । यस्तै धुर्कोट गाउँपालिकाले एक हजार लिने गरेको गाउँपालिकाका सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए । यस्तै मालिका गाउँपालिकाले भने बसाइसराई सराई गरेको ३५ दिन भित्र निशुल्क , ७० दिनसम्ममा ५० , छ महिना सम्ममा एक सय र त्यस माथिका दिनमा रु ५०० रुपैया लिने गरेको बताएको छ ।
पछिल्लो समयमा बसाइसराईको प्रमाणपत्र लिदाँ ५ हजार लिने गरेपछि जताततैबाट बिबादहरु उत्पन्न हुन थालेको भन्दै पछिल्लो समयमा ६ हजारबाट घटाई रु ३०० रुपैयाँ लिने निर्णय गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।
बसाइसराई गरी आउनेलाई स्वागत
बसाइसराइ गरी जानेका लागि गुल्मीका स्थानीय तहहरुले ५० रुपैयादेखी ६ हजार रुपैयाँ असुल्ने गरेता पनि बसाइसराई गरी आउनेलाई निशुल्क रुपमा स्वागत गर्ने गरेको बताएका छन् । स्थानीय तहबाट बसाई सराईको दरलाई कम गरी आउनेलाई स्वागत गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।
यस्तै धुर्कोट गाउँपालिकाले भने बसाइ सराई गरी गाउँपालिकामा आउनेका लागि रु २००रुपैयाँ लिने गरेको सुचना अधिकारी इश्बरी भण्डारीले जानकारी दिए । बसाइसराई गरेको ३५ दिन भित्र भने निशुल्क रुपमा प्रमाणपत्र उपलब्ध गराउने गरेको गुल्मीका स्थानीय तहहरुले जनाएका छन् ।
बसाइ सराई गरी जानेको परम्परालाई रोक्नका लागि स्थानीय तहमानै गुणस्तरीय शिक्षा , स्वरोजगारको ब्यबस्था , खानेपानीको उचित ब्यबस्था संगै सडकलाई स्तरउन्नती गर्ने र स्वास्थयको राम्रो ब्यबस्था गर्न सके बसाइसराईको दरलाई रोक्न सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

अरिङगालले टोकेर वालकको मृत्यु

0

 

 

तिलाचन पाण्डे
असोज ५, २०७६ गुल्मी ः गुल्मीमा अरिङगालले टोकेर वालकको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२बर्षिय पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।
आइतवार बिद्यालय गएका वाल घरमा फर्किने क्रममा बोटमा रहेको अरिङगाल बादरले हल्लाउदा वालकलाई टोकेको थियो । अरिङगालको टोकाईबाट घाइते भएका वालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश पाँच मै उत्कृष्ट जिल्ला सचिव बने गुल्मीका भुवन भुसाल

0

 

 

रमेश बिश्वकर्मा
गुल्मी, असोज ५ गते ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका सचिव भुवन भुसाल सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश पाँचद्वारा भुसाल सम्मानित भएका हुन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नं. पाँचको प्रथम प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेशमै उत्कृष्ट जिल्ला सचिवको भुसाललाई सम्मान गरिएको प्रतिष्ठान प्रदेश पाँचले जानकारी दिएको छ । भुसाललाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।

वि.सं. २०५० कात्तिक ५ गते गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ३ मा बुबा तुलसिराम भुसाल र आमा सिता भुसालको कोखबाट जन्मिएका भुसाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सदस्य, सह–सचिव हुँदै गएको साउन २५ गते भएको जिल्लाको छैठौं अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । भुसाल जिल्लाका चर्चित उद्धघोषक तथा सञ्चारकर्मी हुन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहितको उपस्थितीमा भएको भव्य प्रदेश प्रथम अधिवेशनमा सम्मानित भएको भन्दै सचिव भुसालले प्रतिष्ठान प्रति आफु झन बढि जिम्मेवार र ऋणि भएको बताए । उनले समाजिक सञ्जाल फेसबुक मार्फत सम्मान गर्नुहुने प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन ।

दशैंको अग्रिम टिकट बुकिङ खुल्यो,

0

 

 

असोज ५, २०७६ काठमाडौं : दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ आज देखि खुला गरिएको छ। यात्रुकाे चापलाई ध्यानमा राखेर दशैंका लागि आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभाग महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ। त्यस्तै यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ। सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् । चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिए। दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिए। सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन्।

कर्मचारी अभावले ‘आलु जोन’ कार्यक्रम प्रभावित

0

 

 

असोज ५, २०७६ बाग्लुङ दरवन्दी अनुसारका कर्मचारी नहुँदा बाग्लुङ र गुल्मीमा सञ्चालनमा रहेको ‘आलु जोन’ कार्यक्रम प्रभावित भएको छ। बाग्लुङ र गुल्मीका आठ स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईमा दुई जना मात्रै प्राविधिक कर्मचारीले काम गर्दै आएका छन्। बागलुङका ६ र गुल्मीका दुई स्थानीय तह कार्यक्षेत्र रहने गरी बाग्लुङको बडिगाडमा इकाइको कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापनाको लामो समय बितिसक्दा समेत दरवन्दीअनुसारका कर्मचारी नआएकाले कार्यक्रम सञ्चालनमा समस्या भएको कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत कृष्णप्रसाद पौडेलले बताए। कर्मचारी अभावले कार्यक्षेत्रमै पुगेर सञ्चालन गर्नुपर्ने कार्यक्रम सञ्चालनमा समस्या भएको पौडेलको भनाइ छ। अहिले कार्यालयमा उनीसँगै एक जना कृषि अधिकृत मात्रै छन्। ‘एक जना कार्यालय प्रमुख र एक जना प्राविधिकले काम गरेर के नतिजा देखाउनुश्र’ पौडेल भन्छन्, ‘कर्मचारीको अभावकै कारण सोचेको जस्तो काम गर्न सकिएको छैन्।’ कार्यालयमा प्रशासनतर्फ अधिकृत छैटौं वा सो सरहको एक जना लेखापाल र दुई जना प्रशासनिक सहायकको दरबन्दी छ। ‘अहिलेसम्म मन्त्रालयबाट कुनै कर्मचारी खटिएको छैन,’ पौडेलले थपे, ‘प्रासको लागि हामीलाई करारमा भर्ना गर्न भनेर विज्ञापन पनि खुलाइयो, पछि माथिबाट नै रोक्ने आदेश आयो अनि रोकियो अहिलेसम्म कोही आएको छैन।’ कार्यालयको आवश्यकताअनुसार कार्यालय सहयोगी पनि भर्ना गर्नुपर्ने उनले बताए। बाग्लुङको ढोरपाटन, गलकोट नगरपालिका, बडिगाड, ताराखोला, तमानखोला, र निसीखोलामा गाउँपालिकाका २९ वडा र गुल्मीको मदाने र मालिका गाउँपालिका ७ वडा गरी ३६ वडा हेर्ने जिम्मेवारी पाएको कार्यालयमा दुई जना प्राविधिकले काम गर्नु परेको उनको गुनासो छ। दुई जिल्लाका स्थानीय तहलाई हेर्न गरी गत वर्ष कात्तिकमा कार्यालयको स्थापना भएको हो। कार्यालयमया कर्मचारी अभाव भएको जानकारी केन्द्रीय कार्यालयमा गराएको प्रमुख पौडेलले बताए। तर, अहिलेसम्म कर्मचारी नपठाउँदा कामनै प्रभावित भएको उनको भनाइ छ। ‘हामीले केन्द्रमा पनि जानकारी गराएका छौं। अहिलेसम्म कुनै जानकारी भएको छैन,’ पौडेलले भने, ‘हाम्रो कार्यालयको जिम्मा संघीय सरकारअन्तर्गतको हो। मन्त्रालयबाट पठाउनुपर्ने हो तर हालसम्म आएका छैनन।’ उनका अनुसार प्राविधिक कर्मचारीको अलावा प्रशासन हेर्ने कर्मचारी समेत नुहुँदा चिठीपत्र दर्ता र चलानी गर्ने काम समेत कार्यालय प्रमुखले गर्दै आएका छन्। ‘दुई जिल्लामा कार्यक्रम भएको हुँदा दुई प्रदेशसँग समन्वय गर्नुपर्छ,’ कृषि अधिकृत पौडेलले भन्छन्, ‘बाग्लुङ गण्डकी प्रदेश र गुल्मी प्रदेश ५ मा प¥यो। प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने हुन्छ। त्यसका लागि दुईतिर धाउनेपर्ने बाध्यता छ।’ प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गर्नुपर्ने भएका कारण कार्यालयमा आवश्यक जनशक्ति नभएसम्म केन्द्र सरकारबाट आएका कार्यक्रम सञ्चालनमा कठिनाई आउने गरेको छ।

थाहा खबरबाट

पत्थरीको अपरेशन गर्दा बिरामीको मृत्यु,

0

 

 

असोज ५, २०७६ काठमाडौं चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै अहिले चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ। शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन्। सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन्। यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन। अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता पनि भएको बताइएको छ। यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएर मृत्यु भएको थियो। त्यो घटनामा अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति तिरेको थियो।

डेंगु कसरी फैलन्छ ? बच्ने उपायहरु ?

0

काठमाडौं । गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ । अहिलेसम्म देशभर ८ हजार जना भन्दा बढी मानिसमा डेंगुको संक्रमण फैलिएको छ ६ भने जनाको मृत्यु भइसकेको छ ।

के हो डेंगु ?

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ  । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।

डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ  ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४  । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर  अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । 

डेंगु विश्वभरकै समस्या

विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।

डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् ।

विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

सुत्केरी गराउन हेलिकोप्टरबाट उद्धार

0

भदौ ३०, २०७६ बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ। तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा हेलिकोप्टरबाट बिरामी पोखराको गण्डकी अस्पताल पठाइएको हो। २५ बर्षीया ध्रुबकुमारी छन्त्याललाई लामो व्यथा लागेको र अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि पठाउनुपर्ने देखिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि महिलालाई पोखरा पठाइएको हो। मगाइएको हेलिकोप्टर मौसम खरावीले एकपटक गुल्मी पुगेको थियो। मौषम सुध्रेपछि बिरामी बोकेर हेलिकोप्टर पोखरा पुगेको बुढाले बताए। दैवीप्रकोप र सुत्केरी हुन नसकेर आउन सक्ने जोखिम कम गर्न हेलिकोप्टर मगाउने नीति अनुसार प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।

रुरु महायज्ञ को बैंकिङ सहकार्य गर्दै शाङ्ग्रीला डेभलपमेन्ट बैंक रिडी

0

नेपाल का चार धाम मध्येको एक पबित्र तपोभुमी ,रुरु क्षेत्रधाम रिडी गुल्मी मा भाद्र २८ गते दिखी असोज १७ गते सम्म हुन लागेको बिराट ज्ञान महायज्ञ को सुरु देखि अन्त्य सम्म शाङ्ग्रीला डेभलपमेन्ट बैंक रिडी ले निरन्तर रुपमा सहकार्य गरिरहेको छ,।पबित्र तपोभुमी मा बालयोगेश्वर महाराज को आफ्नै सङ्कल्पमा हुन लागेको पृत्री मोक्क्ष तथा बिराट महायज्ञ को सहकार्य मा जुटेको रिडी शाखा का प्रबन्धक गणेश कुवर ले रुरु खबर लाई जनाउनु भएको छ । बैंक रहेको स्थान पबित्र तपोभुमी भएको र यस ठाउमा यति ठूलो कार्य हुदा टाढा टाढा बाट आउनु हुने महानुभव लाई सहयोग पुग्ने भएको ले यसरी अफिसियली सहकार्य मा जुटेको उहाँ को भनाइ छ,।रुरु महायज्ञ मा सोह्र श्राद्व अबधिभर आफ्ना पृत्री हरुलाइ मोक्क्ष दिन को लागि पृत्री कार्य १६ दिन नै गर्ने ब्याबस्था मिलाइएको छ।कार्यक्रम ( महायज्ञ ) श्राद्व,तुलादान,चौरासी पुजा,बिबाह,ब्रतबन्ध,ग्रह शान्ती,लगाएत का सबै कार्य सुलब शुल्कमा गर्न सकिने प्रबन्ध मिलाइएको छ,? विशेष गरेर यो महायज्ञ सामान्य बर्गमा लक्षित गरिएको छ। । असोज १० गते सम्म पृत्री कार्य र असोज ११ गते बाट देवकार्य समेत गर्न सकिने प्रमुख आयोजक ,मुख्य सङ्कल्पकर्ता,प्रमुख बाचक बालयोगेश्वर महाराज ले रुरु खब्र लाई जानकारी दिनु भयो । यस्तो महान कार्य मा आफ्नो कार्यलय ले जनता को सेवा गर्न पाउँदा खुशी लागेको शाङ्ग्रीला बैक का प्रबन्धक गणेश कुवर ले ,जनाउनु भयो प्रबन्धक कुवरका अनुसर बैक ले सुरु देखि महायज्ञ को खाता खोल्ने देखि ब्यानर ममेत मुल गेट मा लगाएको छ। मुल आयोजक को सचिवालय मा शाङ्ग्रीला को ब्यानर सहित २ जना कर्मचारी ले बिहानै देखि बैंकिङ सहयोग सहकार्य गरिरहेका छन ,यस महायज्ञ लाइ सहयोग गर्न चहानुहुने महानुभवले यश बैंक को खातामा 06300700256123000001 मा सहयोग गर्न सक्नुहुने छ