१ दर्जन वढि सवारी साधनलाई कारवाही

0
482

अनिल खत्री, गुल्मी असोज ६ ।
गुल्मीमा नियम बिपरित रातो नम्बर पिलेटका सवारी साधनले यात्रु बोक्ने सवारी साधनलाई कारवाही सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले जिल्ला भर चल्ने रातो नम्बर पिलेटका सवारी साधानहरुलाई कारवाही सुरु गरेको हो ।
चाडवाड नजिकिदै जान थालेसँगै क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत बढने भन्दै सवारी साधनहरुलाई कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सोमबार नियम बिपरित सवारी चलाउने र क्षमता भन्दा वढि यात्रु बोक्ने १ दर्जन वढि सवारी साधनहरुलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।
कारवाही गरिएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय गुल्मीको परिसरमा राखिएको छ । ट्राफिक प्रहरीले सवारी चालक र सवारी धनीलाई प्रर्शिक्षण कक्ष राखेर बुझाइने प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए । जिल्ला सदरमुकामबाट बिभिन्न ग्रामीण भेगमा चल्ने सवारी साधनहरु मध्ये रातो नम्बर पिलेटका सवारी साधनहरुले नियम बिपरित यात्रु बोक्ने गरेकाले पहिलो चरणमा सम्झाई बुझाई गर्दा पनि अटेर गरेपनि केहि सवारी साधानलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

चाड पर्वको बेला क्षमता भन्दा वढि यात्रु बोक्ने र दुर्घटना समेत घटने भएकाले त्यसलाई रोक्नको निम्ति प्रहरीले चेक जाँचलाई कढाई गरेको छ । जिल्ला जिल्ला भर चल्ने सार्बजनिक यातायात र रातो नम्बर पिलेटका सवारी साधनलाई चेक जाँच गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्का सहितको टोलीले दैनिक जसो बिभिन्न स्थानमा पुग्ने गरेका छन् । हाल जिल्ला भरका अधिकांश स्थानमा रातो नम्बर पिलेटका सवारीका साधनले पनि सवारी बोक्ने गरेका छन् ।

जुन प्रयोजनको लागि ल्याएको सो कार्य गरेर सवारी चलाउन र अटेर गरे नियमअनुसार करवाही गरिने प्रहरी नायव उपरिक्षक घलेले बताए । जिल्ला भर झण्डै १ सय वटा रातो नम्बर पिलेटका यात्रु बोक्ने सवारी साधनहरु रहेका छन् ।

३ वर्ष पछि भाडा समायोजन

गुल्मीमा ३ वर्ष पछि सार्बजनिक यातायातको समायोजन भएको छ । गत भदौ १० गतेबाट लागु गर्ने गरि जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडक स्तर उन्नती भएपछि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भएको छ । गुल्मीमा ०७३ सालमा कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो ।

जिल्लाका बिभिन्न स्थानका सडकहरु स्तर उन्नती र केहि सडकहरु कालोपत्रे समेत हुदा सार्वजनिक यातायातका पुरानै भाडा कायम थियो । यातायात व्यवसायीहरु पक्कि सडकमा जिप, हायस र डिलक्स बसलाई अन्य सवारीले भन्दा २० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेसँगै व्यवसायी भाडा समायोजनमा सहमत भएका भएका छन् ।

अहिले कायम गरिएको नयाँ भाडादरअनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । निर्धारण गरेको भाडादरअनुसार जिल्लाका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको भाडादरमा कमी आएको छ। अहिले प्रचलनमा रहेको भाडा अन्य ठाउँको भन्दा तुलनात्मक रुपमा बढी भएको भन्दै नयाँ भाडादर कायम गरिएको हो । तर अहिले तीन बर्षपछि लागु हुने भाडादरमा कच्चि, ग्राभेल र पक्कि सडकमा फरक–फरक भाडादर कायम गरिएको छ ।

सबै सडकहरुमा जीप र हायस तथा बस र मिनि बसको भाडादर भने एउटै हुने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए। अहिले कायम भएको भाडा अनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो ।

त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ । त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैँया कायम गरिएको छ ।

बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेयालले जानकारी दिए । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् ।

SHARE