पत्थरीको अपरेशन गर्दा बिरामीको मृत्यु,

0
494

 

 

असोज ५, २०७६ काठमाडौं चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै अहिले चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ। शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन्। सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन्। यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन। अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता पनि भएको बताइएको छ। यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएर मृत्यु भएको थियो। त्यो घटनामा अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति तिरेको थियो।

SHARE