बसाइसराईको प्रमाणपत्र लिदाँ गुल्मीमा ६ हजार असुल

0
1023

 

 

खबर मार्केट ,असोज ५ , २०७६ गुल्मी ः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बसाईसराई गरेको प्रमाण पत्र लिदा ६ हजार तिर्नुपर्ने बाध्यता रहेको पाइएको छ ।
गाउँपालिकाको वडा नं ६ हरेवाका प्रितम थापाले बसाइसराईको प्रमाणपत्र लिदा ६ हजार तिरेको बताएका छन् । गाउँपालिकाको राजश्व समितिको बैठककले निर्णय गरी ६ हजार लिने निर्णय गरेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।
यस्तै कालीगण्डकी गाउँपालिकाले बसाइसराई गरेको प्रमाणपत्र लिदाँ ५ हजार लिने गरेको छ भने मुसिकोट नगरपालिकाले २ हजार राजश्व लिने गरेको नगरपालिकाले जनाएको छ । यस्तै गुल्मीदरबार गाउँपालिकाले एक हजार ५०० रुपैया लिने गरेको गाउँपालिकाको लेखा शाखाले जानकारी दिएको छ ।
यस्तै रुरु , छत्रकोट गाउँपालिका र रेसुंगा नगरपालिकाले रु ५० रुपैया लिने गरेका छन् । मदाने , ईश्मा गाउँपालिकाले एक सय रुपैया लिने गरेको मदाने गाउँपालिकाले जनाएको छ । यस्तै धुर्कोट गाउँपालिकाले एक हजार लिने गरेको गाउँपालिकाका सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए । यस्तै मालिका गाउँपालिकाले भने बसाइसराई सराई गरेको ३५ दिन भित्र निशुल्क , ७० दिनसम्ममा ५० , छ महिना सम्ममा एक सय र त्यस माथिका दिनमा रु ५०० रुपैया लिने गरेको बताएको छ ।
पछिल्लो समयमा बसाइसराईको प्रमाणपत्र लिदाँ ५ हजार लिने गरेपछि जताततैबाट बिबादहरु उत्पन्न हुन थालेको भन्दै पछिल्लो समयमा ६ हजारबाट घटाई रु ३०० रुपैयाँ लिने निर्णय गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।
बसाइसराई गरी आउनेलाई स्वागत
बसाइसराइ गरी जानेका लागि गुल्मीका स्थानीय तहहरुले ५० रुपैयादेखी ६ हजार रुपैयाँ असुल्ने गरेता पनि बसाइसराई गरी आउनेलाई निशुल्क रुपमा स्वागत गर्ने गरेको बताएका छन् । स्थानीय तहबाट बसाई सराईको दरलाई कम गरी आउनेलाई स्वागत गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।
यस्तै धुर्कोट गाउँपालिकाले भने बसाइ सराई गरी गाउँपालिकामा आउनेका लागि रु २००रुपैयाँ लिने गरेको सुचना अधिकारी इश्बरी भण्डारीले जानकारी दिए । बसाइसराई गरेको ३५ दिन भित्र भने निशुल्क रुपमा प्रमाणपत्र उपलब्ध गराउने गरेको गुल्मीका स्थानीय तहहरुले जनाएका छन् ।
बसाइ सराई गरी जानेको परम्परालाई रोक्नका लागि स्थानीय तहमानै गुणस्तरीय शिक्षा , स्वरोजगारको ब्यबस्था , खानेपानीको उचित ब्यबस्था संगै सडकलाई स्तरउन्नती गर्ने र स्वास्थयको राम्रो ब्यबस्था गर्न सके बसाइसराईको दरलाई रोक्न सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

SHARE