सुत्केरी गराउन हेलिकोप्टरबाट उद्धार

0
474

भदौ ३०, २०७६ बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ। तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा हेलिकोप्टरबाट बिरामी पोखराको गण्डकी अस्पताल पठाइएको हो। २५ बर्षीया ध्रुबकुमारी छन्त्याललाई लामो व्यथा लागेको र अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि पठाउनुपर्ने देखिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि महिलालाई पोखरा पठाइएको हो। मगाइएको हेलिकोप्टर मौसम खरावीले एकपटक गुल्मी पुगेको थियो। मौषम सुध्रेपछि बिरामी बोकेर हेलिकोप्टर पोखरा पुगेको बुढाले बताए। दैवीप्रकोप र सुत्केरी हुन नसकेर आउन सक्ने जोखिम कम गर्न हेलिकोप्टर मगाउने नीति अनुसार प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।

SHARE