अरिङगालले टोकेर वालकको मृत्यु

0
966

 

 

तिलाचन पाण्डे
असोज ५, २०७६ गुल्मी ः गुल्मीमा अरिङगालले टोकेर वालकको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२बर्षिय पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।
आइतवार बिद्यालय गएका वाल घरमा फर्किने क्रममा बोटमा रहेको अरिङगाल बादरले हल्लाउदा वालकलाई टोकेको थियो । अरिङगालको टोकाईबाट घाइते भएका वालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

SHARE