Friday, June 5, 2026

मालिका मावीको शैक्षिक महोत्सव सुरु स् प्रदेश संसद पन्थी द्वारा उद्घाटन ।

0

डिबि खड्का असोज २८,गुल्मी

गुल्मीको मालिका गाउँ पालिका वडा नम्बर आठ स्थित मालिका माध्यमिक विधालयको शैक्षिक तथा धार्मिक महोत्सव आज देखि सुरु भएको छ । मालिका मावी लाई सुविधा सप्पन्न स्मार्ट विधालय तथा प्राविधिक शिक्षा सन्चालनको लागि महायज्ञ को आयोजना गरिएको हो । महायज्ञ को आज प्रदेश संसद दिनेश पन्थीले एक भव्य समारोहका साथ उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह मा बोल्दै संसद पन्थी ले प्रदेश सरकार बाट सक्दो सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै जिल्ला समन्वय गुल्मी का प्रमुख लक्ष्मण पराजुली ले महायज्ञ आफै मा पवित्र कार्य रहेको बताउनु भएको थियो । उद्घाटन कार्यक्रम मालिका गाउँ पालिका अध्यक्ष रित बहादुर थापा, पुर्व प्रधानाध्यापक चुरामणी शर्मा लगायत ले आफ्ना भनाई हरु राख्नु भएको थियो भने मालिका मावीका वर्तमान प्रधानाध्यापक हेमराज पौडेल ले स्वागत मतव्य राख्नु भएको थियो ।
अहिले सम्म विभिन्न व्याक्ती तथा संघ सस्था बाट करिब १५ लाख रकम जुटिसकेको र १ करोड ५० लाख आर्थिक रकम सङकनल गर्न विधालयको लक्ष्य रहेको छ । स्मार्ट विधालय सन्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रती स्थानीय शिक्षा प्रेमी समाजसेवी मात्र नभई विधार्थी समेत हर्षित छन । कात्तिक ४ गते सम्म चल्ने महायज्ञमा विराट धन धान्य महा पर्व ,पितृ मुक्तिको पुजा,रास्टिय कलाकार बाट भवन कृतन झाकी श्रीमत भागवत कथा प्रचन,योग आयुवेद प्रबचन ,गैदान रुद्री पाठ,चौरासी पुजा,ब्रतन्ध, जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ । आज पहिले दिनको कार्यक्रम विधालय व्यवस्थापन समिति का अध्यक्ष टीका बहादुर जिसिको अध्यक्ष ता र शिक्षक कृष्ण प्रसाद अर्यालको संचालनमा सप्पन्न भएको सन्चारकर्मी डिबि खड्का ले जानकारी दिनुभएको छ । मालिका गाउँ पालिकाका कुनै पनि विधालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सन्चालनको लागि यस भन्दा अघि कुनै धार्मिक महोत्सवको पनि आयोजना गरिएको थिएन ।

शाइन रेसुङ्गा, पूर्णिमा विकास र भार्गव विकास बैंक गाभिएर एकीकृत कारोवार शुभारम्भ

0

रुपन्देही।रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सञ्चालन भएको छ ।१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ ।

साथै, बैंकको चुक्ता पूंजी रु. २ अर्व ६२ करोड, निक्षेप परिचालन रु. २६ अर्व ८७ करोड, कर्जा लगानी रु. २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।निकट भविष्यमा नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त गरि राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पूंजीको ४ ः १ (चार शेयर बराबर १ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूंजी बृद्धि गरिनेछ ।एक्विजिशन पश्चात थप उत्कृष्ट, विश्वसनीय र सहज बैंकिग सेवा प्रदान गरिनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने

0

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ उहाँले असोज २९ गतेबाट म्यानमार र कार्तिक ३ गतेबाट जापानको राजकीय भ्रमण गर्न लाग्नु भएको हो । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा उहाँको कार्तिक ३ गतेसम्मको पाँच दिनको भ्रमण हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

म्यानमारकी स्टेट काउन्सीलर आङ सान सूचीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । म्यानमारबाट उहाँ सिधै जापान जाने कार्यक्रम छ । जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुनका लागि उहाँ जापान जान लाग्नुभएको हो ।कात्तिक ५ गते हुने नारोहितोका राज्यारोहण समारोहमा उहाँ सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मनसुन सकिएसँगै चिसो बढ्नेक्रम शुरु

0

काठमाडौँ, २८ असोज । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताईन । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भनिन ।

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ ।

यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ ।

सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

कप्तान पारस खड्काद्वारा पदबाट राजिनामा

0

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले कप्तानी छोडेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए ।

आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका छन् ।

“मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।”

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुनुहुन्छ । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएको पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समाल्लेका थिए। संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा मृतक कर्मचारी परिवारलाई २ लाख प्रदान

0

यमलाल भुसाल, बुटवल असोज २८ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन । समितिले कर्मचारीको मृत्यु हुदाँ राहत स्वरुप १ लाख रुपैयाँ र समितिमा कार्यरत कर्मचारीहरुको संगठन कर्मचारी युनियनले पनि १ लाख रुपैयाँ गरि २ लाख रुपैयाँ प्रदान गरिएको हो ।

शनिवार मृतक अधिकारीको निवाष गोलपार्क मै गएर निजकी आमालाई उक्त राहत रकम प्रदान गरिएको हो । समितिका अध्यक्ष यम प्रसाद पाण्डे र कर्मचारी युनियनका अध्यक्ष शिव केसीले सम्युक्त रुपमा राहत रकम हस्तान्त्ररण गर्नु भएको हो । त्यसै गरि समितिले कर्मचारी , सदस्य व्यवसायी लाई जनही १० लाख रुपैयाँको दूर्घटना विमा गरिदिएको छ ।

सो विमा रकम प्राप्त भएपछि मृतक अधिकारीको परिवारलाई प्रदान गरिने समितिका महासचिव जित बहादुर भाटले बताउनु भयो । सोही समारोहमा मृतक अधिकारीको सम्झनामा १ मिनेट मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको कार्यालय प्रमुख वाबुराम अधिकारीले बताउनु भयो ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रताप वहादुर कार्की, उपाध्यक्षहरु खिम बहादुर थापा, डिल्लीराम रिजाल सल्लाहकार खगराज गौतम, काकास कृष्ण ठकुरी, लक्ष्मण गैरे, नारायण प्रसाद रेग्मी तथा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गुल्मीमा करेन्ट लागेर महिलाको मृत्यु

0

अनिल खत्री,गुल्मी असोज २७ ।
गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी ४६ वर्षिय कमलदेवी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

मृत घिमिरेले घर बिद्युत सट भइ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइते घिमिरेलाई थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको पुनले बताए । मृतक घिमिरेको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याउने क्रमममा रहेको प्रहरीले जनाएको छ ।

महेन्द्र पूर्व विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

0

गुल्मी, असोज २४ ।
महेन्द्र पूर्व विद्यार्थी मञ्च रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको दोश्रो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । महेन्द्र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पन्थीको अध्यक्षतामा भएको कार्यक्रमलाई श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्रीका स्वकीय सचिव एवं पूर्व विद्यार्थी गणेश श्रीपाली, सल्लाहाकार सदस्य तथा वडाअध्यक्ष थम्मन बहादुर के.सी, सल्लाहाकार तथा महेन्द्र नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थी, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

साधारण सभामा राष्ट्रलाई बिशेष योगदान पु–र्याउने एवं विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका पूर्व विद्यार्थीहरुलाई सम्मान् समेत गरिएको थियो । जसमा सू–प्रवल जनसेवा श्री मान पद्विबाट सम्मानीत जिल्ला अस्पताल तम्घासमा कार्यरत डा.उत्तम पच्या, नेपाल विद्या भूषण ‘क’ बाट सम्मानीत डा.दामोदर भुसाललाई सम्मान गरिएको हो ।

यस्तै पि.पि प्रसाई फाउण्डेसनद्धारा पुरस्कृत हुनुभएका सिद्धबाबा माध्यामिक बिद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीस, नेपाल विद्या भूषण ‘ख’ प्राप्त गर्नुभएका स्नातकोत्तर टपर लक्ष्मण पन्थी, एवं पूर्व शिक्षक चिरञ्जनजीवी शर्मा मरासीनी लगायतलाई मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गदै पूर्व विद्यार्थीहरुले त्यस विद्यालयमा आफुले अध्ययनको क्रममा भोगेका विभिन्न अनुभवहरुलाई प्रस्तुत गरेका थिए । भने विद्यालयको चौतर्फी विकासका लागि पूर्व विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने बताएका थिए । त्यस मञ्चका सह–सचिव शालिकराम पन्थीले संस्थाको उद्देश्य, कार्य प्रगति विवरण, एवं आगामी आर्थिक वर्ष २०७६/७७ को कार्ययोजना समावेश गरिएको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा पूर्व बिद्यार्थीहरुको अभिलेख संकलन एवं अभिलेखिकरणको कार्य गर्ने, विद्यालयको श्रीवृद्धिमा बिशेष ध्यान पु¥र्याउने, राष्ट्रिय हित हुने खालका सामाजिक बौद्धिक सिर्जनशिल कार्य तथा यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक संरक्षण र पर्यटन विकास समेतका कार्यमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

मञ्चले सदस्यता वितरणलाई निरन्तरता दिने, पूर्व विद्यार्थीहरुको अभिलेखिकरणको कार्यलाई सम्पन्न गर्ने एवं मञ्चको उद्देश्य अनुरुपका कार्यहरु गदै जाने लगायतका महत्वपूर्ण योजनाहरु प्रस्तुत गरिएको थियो ।

भने कोषाध्यक्ष महेश्वर घिमिरेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मञ्चका उपाध्यक्ष रामलाल पाण्डेयको स्वागत मन्तव्यसगैँ शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव शालिकराम पन्थीले गर्नुभएको थियो । रेडियो रेसुङ्गा

मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ

0

२३ असोज, गुल्मी – जिल्लाकै विकट मानिने गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ आयोजना गरिने भएको छ । मालिका गाउँपालिकामै पहिलो पटक स्मार्ट विद्यालय सञ्चालनार्थ  शैक्षिक महोत्सव आयोजना गरिएको हो ।

विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ “गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सव” को आयोजना गरिएको प्रधानाध्यापक हेमराज पौडेलले बताए ।

अहिलेसम्म विभिन्न व्यक्तl तथा संघसस्थाबाट करिब १२ लाख रकम जुटिसकेको र १ करोड ५० लाख आर्थिक रकम सङ्कलन गर्ने विद्यालयको लक्ष्य रहेको छ । स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षाप्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् । महायज्ञप्रति आँफुहरु निकै खुसी रहेको विद्यार्थी सुनिता जिसिले बताइन् ।

माथिल्लो स्तरबाट सहयोग नभएता पनि वडा कार्यालय र गाउँपालिकाबाट सहयोग रहने वडा अध्यक्ष टीका बहादुर जिसिको भनाई रहेको छ । आउदो असोज २६ देखि कात्तिक ३ गतेसम्म चल्ने महायज्ञमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारबाट भजन किर्तन झाकी, श्रीमद्भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन ,गाैदान, रुद्री पाठ, चौरासी पुजा तथा ब्रतन्ध जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ ।

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।

स्याङ्जाको हरिनासमा एक युवकको हत्या

0

असोज २३, स्याङ्जा ।

हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनुभयो । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको छ । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।