स्याङ्जाको हरिनासमा एक युवकको हत्या

0
292

असोज २३, स्याङ्जा ।

हरिनास गाउँपालिकामा बुधबार राति एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा अन्दाजी २८ वर्षीय महेन्द्रबहादुर आलेको हत्या भएको हो । हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनुभयो । रानाका अनुसार तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आक्रमण गर्दा आलेको ज्यान गएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीको टोली राति नै पुगिसकेको छ । हत्यामा सम्लग्नमध्ये केही प्रकाउ परेको प्रहरीले जनाएको छ ।

SHARE