मालिका मावीको शैक्षिक महोत्सव सुरु स् प्रदेश संसद पन्थी द्वारा उद्घाटन ।

0
427

डिबि खड्का असोज २८,गुल्मी

गुल्मीको मालिका गाउँ पालिका वडा नम्बर आठ स्थित मालिका माध्यमिक विधालयको शैक्षिक तथा धार्मिक महोत्सव आज देखि सुरु भएको छ । मालिका मावी लाई सुविधा सप्पन्न स्मार्ट विधालय तथा प्राविधिक शिक्षा सन्चालनको लागि महायज्ञ को आयोजना गरिएको हो । महायज्ञ को आज प्रदेश संसद दिनेश पन्थीले एक भव्य समारोहका साथ उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह मा बोल्दै संसद पन्थी ले प्रदेश सरकार बाट सक्दो सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यस्तै जिल्ला समन्वय गुल्मी का प्रमुख लक्ष्मण पराजुली ले महायज्ञ आफै मा पवित्र कार्य रहेको बताउनु भएको थियो । उद्घाटन कार्यक्रम मालिका गाउँ पालिका अध्यक्ष रित बहादुर थापा, पुर्व प्रधानाध्यापक चुरामणी शर्मा लगायत ले आफ्ना भनाई हरु राख्नु भएको थियो भने मालिका मावीका वर्तमान प्रधानाध्यापक हेमराज पौडेल ले स्वागत मतव्य राख्नु भएको थियो ।
अहिले सम्म विभिन्न व्याक्ती तथा संघ सस्था बाट करिब १५ लाख रकम जुटिसकेको र १ करोड ५० लाख आर्थिक रकम सङकनल गर्न विधालयको लक्ष्य रहेको छ । स्मार्ट विधालय सन्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रती स्थानीय शिक्षा प्रेमी समाजसेवी मात्र नभई विधार्थी समेत हर्षित छन । कात्तिक ४ गते सम्म चल्ने महायज्ञमा विराट धन धान्य महा पर्व ,पितृ मुक्तिको पुजा,रास्टिय कलाकार बाट भवन कृतन झाकी श्रीमत भागवत कथा प्रचन,योग आयुवेद प्रबचन ,गैदान रुद्री पाठ,चौरासी पुजा,ब्रतन्ध, जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ । आज पहिले दिनको कार्यक्रम विधालय व्यवस्थापन समिति का अध्यक्ष टीका बहादुर जिसिको अध्यक्ष ता र शिक्षक कृष्ण प्रसाद अर्यालको संचालनमा सप्पन्न भएको सन्चारकर्मी डिबि खड्का ले जानकारी दिनुभएको छ । मालिका गाउँ पालिकाका कुनै पनि विधालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सन्चालनको लागि यस भन्दा अघि कुनै धार्मिक महोत्सवको पनि आयोजना गरिएको थिएन ।

SHARE