महेन्द्र पूर्व विद्यार्थी मञ्चको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

0
480

गुल्मी, असोज २४ ।
महेन्द्र पूर्व विद्यार्थी मञ्च रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको दोश्रो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । महेन्द्र पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पन्थीको अध्यक्षतामा भएको कार्यक्रमलाई श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्रीका स्वकीय सचिव एवं पूर्व विद्यार्थी गणेश श्रीपाली, सल्लाहाकार सदस्य तथा वडाअध्यक्ष थम्मन बहादुर के.सी, सल्लाहाकार तथा महेन्द्र नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थी, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

साधारण सभामा राष्ट्रलाई बिशेष योगदान पु–र्याउने एवं विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएका पूर्व विद्यार्थीहरुलाई सम्मान् समेत गरिएको थियो । जसमा सू–प्रवल जनसेवा श्री मान पद्विबाट सम्मानीत जिल्ला अस्पताल तम्घासमा कार्यरत डा.उत्तम पच्या, नेपाल विद्या भूषण ‘क’ बाट सम्मानीत डा.दामोदर भुसाललाई सम्मान गरिएको हो ।

यस्तै पि.पि प्रसाई फाउण्डेसनद्धारा पुरस्कृत हुनुभएका सिद्धबाबा माध्यामिक बिद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीस, नेपाल विद्या भूषण ‘ख’ प्राप्त गर्नुभएका स्नातकोत्तर टपर लक्ष्मण पन्थी, एवं पूर्व शिक्षक चिरञ्जनजीवी शर्मा मरासीनी लगायतलाई मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गदै पूर्व विद्यार्थीहरुले त्यस विद्यालयमा आफुले अध्ययनको क्रममा भोगेका विभिन्न अनुभवहरुलाई प्रस्तुत गरेका थिए । भने विद्यालयको चौतर्फी विकासका लागि पूर्व विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहने बताएका थिए । त्यस मञ्चका सह–सचिव शालिकराम पन्थीले संस्थाको उद्देश्य, कार्य प्रगति विवरण, एवं आगामी आर्थिक वर्ष २०७६/७७ को कार्ययोजना समावेश गरिएको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा पूर्व बिद्यार्थीहरुको अभिलेख संकलन एवं अभिलेखिकरणको कार्य गर्ने, विद्यालयको श्रीवृद्धिमा बिशेष ध्यान पु¥र्याउने, राष्ट्रिय हित हुने खालका सामाजिक बौद्धिक सिर्जनशिल कार्य तथा यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक संरक्षण र पर्यटन विकास समेतका कार्यमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

मञ्चले सदस्यता वितरणलाई निरन्तरता दिने, पूर्व विद्यार्थीहरुको अभिलेखिकरणको कार्यलाई सम्पन्न गर्ने एवं मञ्चको उद्देश्य अनुरुपका कार्यहरु गदै जाने लगायतका महत्वपूर्ण योजनाहरु प्रस्तुत गरिएको थियो ।

भने कोषाध्यक्ष महेश्वर घिमिरेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मञ्चका उपाध्यक्ष रामलाल पाण्डेयको स्वागत मन्तव्यसगैँ शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव शालिकराम पन्थीले गर्नुभएको थियो । रेडियो रेसुङ्गा

SHARE