मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ

0
441

२३ असोज, गुल्मी – जिल्लाकै विकट मानिने गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ आयोजना गरिने भएको छ । मालिका गाउँपालिकामै पहिलो पटक स्मार्ट विद्यालय सञ्चालनार्थ  शैक्षिक महोत्सव आयोजना गरिएको हो ।

विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ “गुल्मी सिमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सव” को आयोजना गरिएको प्रधानाध्यापक हेमराज पौडेलले बताए ।

अहिलेसम्म विभिन्न व्यक्तl तथा संघसस्थाबाट करिब १२ लाख रकम जुटिसकेको र १ करोड ५० लाख आर्थिक रकम सङ्कलन गर्ने विद्यालयको लक्ष्य रहेको छ । स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षाप्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् । महायज्ञप्रति आँफुहरु निकै खुसी रहेको विद्यार्थी सुनिता जिसिले बताइन् ।

माथिल्लो स्तरबाट सहयोग नभएता पनि वडा कार्यालय र गाउँपालिकाबाट सहयोग रहने वडा अध्यक्ष टीका बहादुर जिसिको भनाई रहेको छ । आउदो असोज २६ देखि कात्तिक ३ गतेसम्म चल्ने महायज्ञमा विराट धनधान्य महापर्व, पितृमुक्तिको पुजा, राष्ट्रिय कलाकारबाट भजन किर्तन झाकी, श्रीमद्भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन ,गाैदान, रुद्री पाठ, चौरासी पुजा तथा ब्रतन्ध जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ ।

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।

SHARE