राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने

0
418

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र जापानको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ उहाँले असोज २९ गतेबाट म्यानमार र कार्तिक ३ गतेबाट जापानको राजकीय भ्रमण गर्न लाग्नु भएको हो । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा उहाँको कार्तिक ३ गतेसम्मको पाँच दिनको भ्रमण हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

म्यानमारकी स्टेट काउन्सीलर आङ सान सूचीले पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । म्यानमारबाट उहाँ सिधै जापान जाने कार्यक्रम छ । जापानी सम्राट नारोहितोको राज्यारोहण समारोहमा सहभागी हुनका लागि उहाँ जापान जान लाग्नुभएको हो ।कात्तिक ५ गते हुने नारोहितोका राज्यारोहण समारोहमा उहाँ सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

SHARE