गुल्मीमा करेन्ट लागेर महिलाको मृत्यु

0
509

अनिल खत्री,गुल्मी असोज २७ ।
गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरीखुट्टा निवासी ४६ वर्षिय कमलदेवी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

मृत घिमिरेले घर बिद्युत सट भइ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइते घिमिरेलाई थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको पुनले बताए । मृतक घिमिरेको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याउने क्रमममा रहेको प्रहरीले जनाएको छ ।

SHARE