Friday, June 5, 2026

हरिबोधनी एकादशीको अवशरमा शुक्रबार रेसुङ्गामा बिशेष मेला !

0

गुल्मी कार्तिक २१ ।

गुल्मीको ऐतिहासिक एवं पवित्र तपोभुमि रेसुङ्गामा शुक्रबार हरिबोधनी एकादशीको अवशरमा बिशेष मेला लाग्ने भएको छ । रेसुङ्गा संरक्षण समितिले मेलाको व्यवस्थापन गर्ने त्यस समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । 

बिशेष गरी यस वर्ष ऐतिहासिक रुपमा हरिबोधनी एकाशीको अवशरमा देउसी, भैलो प्रतियोगिताको आयोजना गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । कला, संस्कृतिको जर्गेना तथा लोप हुन लागेको देउसी–भैलोको संरक्षण गर्ने उद्देश्यले देउसी –भैलाको आयोजनाको गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । 

जसअनुसार मेला तथा देउसी, भैलो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभएको छ । भोली देउसी भैलोसँगै बिशेष मेला लाग्ने भएकाले सम्पूर्णमा उपस्थित हुनका लागि पनि आग्रह गर्नुभयो । देउसी भैलो सम्पन्न गर्नका लागि लिल बहादुर बस्नेतको संयोजकत्वमा कृष्ण प्रसाद भण्डारी, रामलाल पाण्डेय सदस्य रहेको उप –समिति गठन गरिएको छ । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १२ हजार रुपैँया पुरस्कार स्वरुप प्रदान गरीने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । त्यस समितिका अध्यक्ष भुसालले प्रतियोगितका लागि विभिन्न पुरस्कार सौजन्य गर्ने सहयोगीदाता एवं संघ संस्थाप्रति कृर्तज्ञता व्यक्त गर्नुभयो ।

भुसालले राजा दशरथलाई सन्तान नहुँदा पुत्र प्राप्तिका लागि यज्ञ गर्न विमाण्डक ऋषिका छोरा ऋष्य शृङ्गलाई पुरोहित बनाएर यज्ञ गरेका कारणले पुत्र प्राप्त भएको पुराणमा उल्लेख गरिएको बताउनुभयो ।‘‘रेसुङ्गाको ज्यादै ठुलो महत्व छ । यो क्षेत्र नजानेर टेक्नाले पनि पृत्रिहरुको उद्धार हुन्छ । बैकुण्ठ्ठको बास हुन्छ । ’’ अध्यक्ष भुसालले भन्नुभयो ।

त्यति मात्र होइन स्वामी शशीधरले रेसुङ्गामा तपस्या गरी सिद्ध प्राप्त गरेको उल्लेख गरिएको छ । स्वामी शशीधरले तपस्या मार्फत सिद्ध प्राप्त गरी ‘‘ जोसमनि सम्प्रदाय ’’ को प्रतिपादन गरेको समेत भुसालले जानकारी दिनुभयो ।

‘‘जोसमनि सम्प्रदायमा जातपात केही होइन्, वलि प्रथा निषेध हुनुपर्छ भन्ने जस्ता महत्पूर्ण कुराहरु उल्लेख छन् ।’’ भुसालले भन्नुभयो । स्वामी शशीधर भारतको पश्चिम बंगाल, गड्वाल, नेपालको पूर्वि भेगमा उहाँको अहिले पनि व्यापक महत्व राख्ने गरेको उहाँले बताउनुभयो । 

के गदै छ, रेसुङ्गा संरक्षण समिति ?

अध्यक्ष भुसालले रेसुङ्गामा शशीधर स्वामीको कुटी जिर्णाधारका साथै मूर्ति स्थापना गर्ने योजना समेत जानकारी दिनुभयो । स्वामी शशीधरका लेख, रचनाहरु सङकलन् गरेर सङग्रालय निर्माण गरेमा मात्रै रेसुङ्गाको गरिमा व्यापक हुने उहाँले बताउनुभयो ।

त्यसका लागि विद्धानहरुसँग पहल गरीरहेको बताउनुभयो  । पवित्र तपोभुमि रेसुङ्गामा वर्षको एकचोटी भएपनि आएर महापोखरी स्नान गरी देवालयहरुको दर्शन गर्न आग्रह गर्नुभयो । 

‘‘रेसुङ्गाको अपूर्व शक्ति यसलाई महशुस गर्न सक्याँै ।’’ अध्यक्ष भुसालले संसारमै नपाईने शान्ति रेसुङ्गामा पाइला टेक्दा प्राप्त हुने बताउनुभयो । उहाँले दान गर्दा दानपेटिकामा मात्र गर्न आग्रह गर्नुभयो ।

संरक्षण समितिले गतवर्ष देखी गाईको संरक्षणका लागि मुष्टिदान अभियान सञ्चालन गरीरहेको छ । उक्त मुष्टिदान गर्ने महानुभावहरुलाई अध्यक्ष भुसालले धन्यवाद् ज्ञापन गर्नुभयो । 

हरिबोधनी एकादशीका दिन गुल्मीका २ स्थानीयतहले दिए सार्वजनिक विदा !

हरिबोधनी एकादशीको अवशर पारेर गुल्मीका दुई स्थानीयतहद्धारा सार्वजनिक विदा दिने भएका छन् ।



जिल्लाको रेसुङ्गा नगरपालिका तथा गुल्मी दरबार गाउँपालिकाले शुक्रबार एक दिनका लागि सार्वजनिक विदा दिने भएका हुन् । ऐतिहासिक एवं धार्मिक स्थल रेसुङ्गामा हरिबोधनी एकादशी तथा रेसुङ्गा मेलाको दिन सार्वजनिक विदा दिने निर्णय दुवै स्थानीयतहले जनाएका छन् । 

 

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

0

काठमाडौँ । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ । ” देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।
आगामी तीन दिन यसै अवस्थामा मौसम सक्रिय हुने भएको छ । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा वर्षा भएपछि त्यहाँको प्रदूषण कम हुने अनुमान गरिएको छ । तर, आँधीका कारण दक्षिण–पश्चिम भएर बगिरहेको वायुले केही प्रदूषण हावासँगै नेपाल भिœयाएको कँडेलले बताउनुभयो ।
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ । यात्रामा जाँदै हुनुहुन्छ भने उच्च हिमाली भेगमा नजान आग्रह गरेको छ । यो बेलामा हुने सामान्य हिमपातले पनि ठूलो असर पु¥याउने भएकाले हिमाली यात्रामा रहेकाले ख्याल गर्न सुझाव दिइएको छ ।
त्यस्तै अन्नबाली कटानसमेत केही दिन रोक्न किसानलाई भनिएको छ । काटेको धानबाली वर्षाका कारण नष्ट हुन सक्ने भएकाले केही दिनपछि मात्र निरन्तरता दिन मौसमविद् सुझाउँछन् ।

भारतद्वारा जारी नयाँ नक्साको बिरोधमा नेबिसंघले बुटवलमा मसाल जुलुस प्रदर्शन

0

बुटवल । नेपाली भूमि लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बिरोधमा नेपालमा सर्वत्र बिरोध भईरहेको छ ।

यसै सन्दर्भमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि बुटवलमा बिरोध प्रदर्शन गरेको छ । नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको राजनीतिक नक्साले नेपालमा तरंग आइरहेका बेला सामाजिक सञ्जालमा समेत तिब्र बिरोध भईरहेको छ ।

नेबिसंघले बुटवलमा मसाल जुलुस प्रदर्शन गर्दै

नेपाल बिद्यार्थी संघले बिहिबार साँझ बुटवलमा मसाल जुलुस प्रदर्शन गरेको हो । भारतले नक्सामा लिपुलेक भारत भूमि उल्लेख गरेको बिषयलाई लिएर बिरोध स्वरुप नेबिसंघले बुटवलको अस्पताललाईन महेन्द्र पार्कदेखि ट्राफिकचोकसम्म मलास जुलुस प्रदर्शन गरेको नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका इकाई सभापति महेश शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा प्रहरीले आगो निभाउने प्रयास गरेको थियो । नेबिसंघको बिरोध प्रदर्शनमा नेपाली काँग्रेसका जिल्ला, क्षेत्र तथा नगरका नेता कार्यकर्ता पनि सहभागि थिए ।

सुनचाँदीको मूल्य बढयो

0

कात्तिक २१, २०७६ काठमाडौंः सुनको मूल्य पुनः वृद्बि भएको छ। बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ। त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो।

एकादशीमा रेसुंगा र गुल्मीदरवारमा सार्बजनिक बिदा

0
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

तिलाचन पाण्डे
कात्तिक २१ ,२०७६ गुल्मी ः जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन २२ गते भोली सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशीको दिन धार्मिक एबं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागरण गर्नका लागि नगरपालिकाले सार्बजजनिक बिदा दिएको रेसुंगा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । रेसुंगामा एकदशीको दिन मेला लाग्ने भएकाले पर्यटन बर्षलाई मध्यनजर राख्दै प्रचार प्रसारको माध्यमबाट अगाडी बढाउन बिदा दिइएको नगरपालिका र गाउँपालिकाले जनाएको छ । रेसुंगामा रहेको पोखरीमा स्नान गर्नाले पापहरु नष्ट हुने र रेसुंगाको मन्दिरमा गई पुजा गर्नाले मनले चिताएका सबै पुरा हुने धार्मिक बिश्वास रहदै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेस चन्द्र भुसालले जानकारी दिए ।

उपचुनावका लागि उम्मेदवारी दर्ता आज 

0

कात्तिक २१, २०७६ काठमाडौं : मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ। २४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।  प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन्। मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका  लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ। थाहाबाट

स्वास्थ्य शिविरबाट ५ सय ९० जनाले लिए सेवा

0

गुल्मी, कार्तिक २० गते । जिल्लाको गुल्मीदरबार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि त्यहाँका स्थानीयहरु (गाउँपालिकाबासी) निकै नै खुसि भएका छन । पहिले गाउँबाट बुटवल काठमान्डौ जाँदा धेरै मात्रामा खर्च हुने भएकोले स्वास्थ्य शिविरबाट गाउँमै आफ्नो स्वास्थ्य परिक्षण गराउँन पाउँदा स्थानीयहरु निकै नै हर्सित देखिएका थिए ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको व्यवस्थापन तथा सिद्धबाबा लुम्बिनी प्रादेशिक अस्पताल र हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर गाउँपालिकाको वडा नं. ६ मा रहेको ईश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविर एक दिन मात्र चलेको समाजका उपाध्यक्ष उषा खत्रीले जानकारी दिईन । उपाध्यक्ष खत्रीका अनुसार स्वास्थ्य शिविरमा मुटु, दम, छाती, फोक्सो, पेट, सुगर, मृगौला, स्त्री रोग तथा बालरोगको उपचार गरिएको गरिएको थियो । उनले भनिन–“लगभग हामीले सबै रोगको उपचार गर्ने गरि यहाँबाट विशेषज्ञ डाक्टरहरुको समूहसहित गएका थियौं ।”

स्वास्थ्य शिविरबाट ५ सय ९० जना सेवाग्राहीहरु लाभाम्वित भएको गाउँपालिका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । उनका अनुसार महिला ४ सय २५ र पुरुष १ सय ६५ जना रहेका थिए ।

अत्याधिक मात्रामा महिला बिरामीहरु देखिएका थिए । सामान्य हाडजोर्नी दुख्ने, स्त्री रोग (महिलाको समस्या) भएका बिरामीहरुको सङ्ख्या अत्याधिक मात्रामा रहेको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । घरबाट बाहिर निस्कन नसक्ने बृद्ध बुवाआमा, त्यहाँ रहेको स्थानीय स्वास्थ्य चौकीसम्म पनि जान नसक्ने, बुटवल–काठमान्डौ सम्म पनि पुग्न नसक्ने आर्थिक रुपले अत्यन्तै कमजोर भएका त्यहाँका स्थानीय गाउँपालिका बासीलाई केही हदसम्म सहयोग होस भनि यो शिविर सञ्चालन गरिएको अध्यक्ष ज्ञवालीको भनाई रहेको छ ।

जन्मस्थान गुल्मी चारपाला र कर्म स्थान रुपन्देही भएता पनि हामीले जन्मस्थानमा केही गर्नुपर्छ भन्ने उद्ेश्यले यो संस्थाको स्थापना गरिएको हो, त्यसै अनुसार हामीले यो स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताईएको छ । त्यहाँ निःशुल्क औषधि पनि वितरण गरिएको समाजले जनाएको छ । ७० वर्ष काटेका बृद्धहरुलाई विशेष प्राथमिकताका साथ उपचार गराईएको थियो । २०७५ साल चैत्र महिनामा यो समाजको स्थापना भएको थियो । यस्तै अन्य विभिन्न स्थानीय गुल्मीदरबार गाउँपालिका बासीलाई सहयोग हुने खालका कामहरु यो समाजले गर्दै जाने समाजका अध्यक्ष ज्ञवालीले बताए । आगामी दिनहरुमा पनि यस्तै राम्रा कामहरु समाजले गर्दै जाओस भनेर त्यहाँका स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले भनेका थिए ।

गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले समाजलाई कर्मथलो अन्यत्र भएपनि आफ्नो ठाउंको लागि विशेषज्ञसहित स्वास्थ्य शिविर सञ्चालन गरेर राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाले स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई विशेष जोड दिएको बताउँदै नगरिकलाई आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न पनि आग्रह गरे ।

कर्मचारी स्थानीय तहमा टिक्न नसक्नुको कारण राजनीतिक आस्था , जनप्रतिनिधि र कर्मचारी बिचको बिबाद प्रमुख

0

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः देश संघियतामा गइसकेपश्चात सिंह दरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरु गठन भए । जस अनुसार कर्मचारी ब्यबस्थापन गर्न समस्या भएपनि स्थानीय तहको कार्य संचालनका लागि कार्यकारी अधिकार सहित एक जना कार्यकारी अधिकृत पत्येक स्थानीय तहमा खटिए ।
गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा खटेका प्रमुख प्रशासकीय अधिकृत कुनै स्थानीय तहमा तीन महिनासम्म पनि टिक्न सकेनन् । सबै भन्दा धेरै धुर्कोट गाउँपालिकामा पाँच जना प्रमुख प्रशासकीय अधिकृतहरु आउने र जाने क्रम चलिरहेको छ । कतिपय स्थानीय तहमा जननिर्वाचित प्रमख र कर्मचारीको प्रमुखका बिचमा बिच बिचमा हुने आपसी झगडा , राजनीतिक आस्था र कर्मचारी र जनप्रतिनिधि बिचको अहमताका कारण सरुवा हुने गरेको पाइएको छ । एक जना कर्मचारी २ बर्षसम्म रहन सक्ने प्राबधान भएपनि तीन तीन महिनामै कर्मचारी सरुवा हुने प्रचलन अझैपनि हटन सकेन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रबत्ता भूपाल बरालका अनुसार स्थानीय तहमा निर्वाचित अध्यक्ष वा मेयरसंग ब्याक्तिगत स्वार्थहरु बाझिँदा र केही आपसी बिबादहरु आएका कारण संगै राजनीतिक पहुँचका आधारमा गुल्मीमा मात्र नभई देशभर नै यस्तो समस्या आएका बताएका छन् ।
गुल्मीका स्थानीय तहहरुमा कति सम्म रहे त प्रमुख प्रशासकीय अधिकृतहरु तिधि मिति सहित
रेसुंगा नगरपालिका
१ ,बाबुराम पल्ली २०७१ जेठ १ गते देखि २०७३,चैत्र ८ गतेसम्म
२, रमेश गौतम २०७३ चैत्र ९ गते देखि २०७४ असोज १६ गतेसम्म
३, मुक्तिराम अर्याल २०७४ असोज १७ गते देखि २०७५ भदौ ३१ गते सम्म
४, भक्तिराम मरासिनी २०७५ भदौ ११ गतेदेखि हालसम्म
मसिकोट नगरपालिका
१, घनश्याम न्यौपाने २०७३ चैत्र १० देखि २०७५ कात्तिक २० गतेसम्म
२ नबराज भण्डारी २०७५ कात्तिक २१ गतेदेखि हालसम्म
धुर्कोट गाउँपालिका
१ , होमनाथ काफले २०७३ चैत्र १० देखि २०७४ असोज सम्म
२ टोलाल भुसाल २०७४ कात्तिक देखि पुस अन्तिम हप्ता सम्म
३ लोकहरी थापा २०७४ माघ देखि २०७५ कात्तिक अन्तिम हप्तासम्म
४ मधु घिमिरे २०७५ मंसिर देखि फागुन सम्म
५ काशीराम पन्थी २०७५ चैत्र देखि हालसम्म रहेका र पुरै मिति सहितको डाटा उपलब्ध हुन नसकेको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए ।
मालिका गाउँपालिका
१ रिसीराम पन्थी २०७३ चैत्र १० देखि २०७४ असोज २० गतेसम्म
२ लेखनाथ पोखरेल २०७४ असोज ३० देखि २०७५ चैत्र १७ सम्म
३ गोबिन्द भट्राई २०७५ चैत्र १७ देखि २०७६ जेठ ३१ सम्म
४ दिपक भण्डारी २०७६ असार ४ देखि हालसम्म
इश्मा गाउँपालिका
१ सरोज पोखरेल २०७३ चैत्र १० देखि २०७५ भाद्र १२ गतेसम्म
२ चन्द्रकान्त बस्नेत २०७५ भदौ १३ देखि हालसम्म
छत्रकोट गाउँपालिका
१ ज्ञानुराम पन्थी २०७३ चैत्र १० देखि २०७५ कात्तिक १८ सम्म
२ मधुकृष्ण पौडेल २०७५ कात्तिक १९ देखि २०७६ कात्तिक १५ सम्म
३ भेषराज पन्थ २०७६ कात्तिक १७ देखि आजसम्म
गुल्मी दरबार गाउँपालिका
१ हरीमाया पौडेल २०७३ चैत्र ९ देखि २०७६ फागुन १६ सम्म
२ राम प्रसाद शर्मा २०७३ चैत्र १२ देखि २०७५ चैत्र १० सम्म

३  लेख बहादुर बस्नेत २०७५ चैत्र ११ देखि हालसम्म


रुरु क्षेत्र गाउँपालिका
१ शरला पौडेल २०७३ चैत्र १० देखि २०७५ भदौ २२ सम्म
२ चेतनाथ गिरी २०७५ भदौ २५ देखि हालसम्म
सत्यवती गाउँपालिका
१ बिष्णु प्रसाद आर्चाय २०७३ चैत्र १० देखि २०७४ भदौ २२ सम्म
२ रिसी पन्थी २०७४ असोज २३ देखि फागुन १३ सम्म
३ यादब भण्डारी २०७४ चैत्र २९ देखि हालसम्म यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका , मदाने गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा भने क्रमश बाबुराम पल्ली , शुरेश भण्डारी र कृष्ण भण्डारी भने २०७३ चैत्र १० देखि हालसम्म कार्यरत रहेको पाइएको छ ।

गौशलाका गाइलाई जुका र माटेको औषधी

0

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः रेसुंगा नगरपालिका गुल्मीको भेटेनरी शाखाले रेसुंगाको गौशलामा रहेका गाइहरुका लागि जुका र माटेको औषधी खुवाएको छ । गौशलामा रहेका २सय ६८ गाइहरुका लागि माटे र जुकाका औषधी खुवाइएको भेटेनरी शाखाका रुमाखर मरासिनीले जानकारी दिए ।
गाइहरुलाई माटे र जुकाको रोगबाट बचाउनका लागि नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रम अनुसार औषधी खुवाइएको र गाइहरुको उपचारमा भेटेनरी शाखाले एक पल्ट हेरचाहा गर्ने गरेको र नियमित रुपमा उपचार गर्दै आएको भेटेनरी शाखाले जनाएको छ । गौशलामा जंगली चितुवाले आर्कमण गर्दै आएको स्थानीयहरुले बताउदै आएको सन्र्दभमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले गौमाताहरुको संरक्षणका लागि नगरपालिकाले उचित ब्यबस्थापन गर्ने जनाएका छन् ।

राप्रपा संयुक्तको संयोजकमा अनिल कक्षपति

0

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः राप्रपा संयुक्त गुल्मीको जिल्ला भेलाले अनिल कुमार कक्षपतिलाई संयोजक बनाएको छ । सदरमुकाम तम्घासमा बसेको भेलाले  संयोजक र अन्य सदस्य रहने ब्यबस्था गरेको हो । भेलाले सदस्यहरुमा अजित कुमार श्रेष्ठ , धनीश्वर पन्थी , यज्ञबहादुर पाण्डे , टोप बहादुर खत्री , उमादेबी राना , जीत बहादुर गौतम , पीताम्बर कँवर , गोबिन्द गोपाल खाती , पदम थापा र रोम बहादुर बुढाथोकी रहेका छन् ।