हरिबोधनी एकादशीको अवशरमा शुक्रबार रेसुङ्गामा बिशेष मेला !

0
420

गुल्मी कार्तिक २१ ।

गुल्मीको ऐतिहासिक एवं पवित्र तपोभुमि रेसुङ्गामा शुक्रबार हरिबोधनी एकादशीको अवशरमा बिशेष मेला लाग्ने भएको छ । रेसुङ्गा संरक्षण समितिले मेलाको व्यवस्थापन गर्ने त्यस समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । 

बिशेष गरी यस वर्ष ऐतिहासिक रुपमा हरिबोधनी एकाशीको अवशरमा देउसी, भैलो प्रतियोगिताको आयोजना गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । कला, संस्कृतिको जर्गेना तथा लोप हुन लागेको देउसी–भैलोको संरक्षण गर्ने उद्देश्यले देउसी –भैलाको आयोजनाको गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । 

जसअनुसार मेला तथा देउसी, भैलो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उहाँले बताउनुभएको छ । भोली देउसी भैलोसँगै बिशेष मेला लाग्ने भएकाले सम्पूर्णमा उपस्थित हुनका लागि पनि आग्रह गर्नुभयो । देउसी भैलो सम्पन्न गर्नका लागि लिल बहादुर बस्नेतको संयोजकत्वमा कृष्ण प्रसाद भण्डारी, रामलाल पाण्डेय सदस्य रहेको उप –समिति गठन गरिएको छ । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १२ हजार रुपैँया पुरस्कार स्वरुप प्रदान गरीने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । त्यस समितिका अध्यक्ष भुसालले प्रतियोगितका लागि विभिन्न पुरस्कार सौजन्य गर्ने सहयोगीदाता एवं संघ संस्थाप्रति कृर्तज्ञता व्यक्त गर्नुभयो ।

भुसालले राजा दशरथलाई सन्तान नहुँदा पुत्र प्राप्तिका लागि यज्ञ गर्न विमाण्डक ऋषिका छोरा ऋष्य शृङ्गलाई पुरोहित बनाएर यज्ञ गरेका कारणले पुत्र प्राप्त भएको पुराणमा उल्लेख गरिएको बताउनुभयो ।‘‘रेसुङ्गाको ज्यादै ठुलो महत्व छ । यो क्षेत्र नजानेर टेक्नाले पनि पृत्रिहरुको उद्धार हुन्छ । बैकुण्ठ्ठको बास हुन्छ । ’’ अध्यक्ष भुसालले भन्नुभयो ।

त्यति मात्र होइन स्वामी शशीधरले रेसुङ्गामा तपस्या गरी सिद्ध प्राप्त गरेको उल्लेख गरिएको छ । स्वामी शशीधरले तपस्या मार्फत सिद्ध प्राप्त गरी ‘‘ जोसमनि सम्प्रदाय ’’ को प्रतिपादन गरेको समेत भुसालले जानकारी दिनुभयो ।

‘‘जोसमनि सम्प्रदायमा जातपात केही होइन्, वलि प्रथा निषेध हुनुपर्छ भन्ने जस्ता महत्पूर्ण कुराहरु उल्लेख छन् ।’’ भुसालले भन्नुभयो । स्वामी शशीधर भारतको पश्चिम बंगाल, गड्वाल, नेपालको पूर्वि भेगमा उहाँको अहिले पनि व्यापक महत्व राख्ने गरेको उहाँले बताउनुभयो । 

के गदै छ, रेसुङ्गा संरक्षण समिति ?

अध्यक्ष भुसालले रेसुङ्गामा शशीधर स्वामीको कुटी जिर्णाधारका साथै मूर्ति स्थापना गर्ने योजना समेत जानकारी दिनुभयो । स्वामी शशीधरका लेख, रचनाहरु सङकलन् गरेर सङग्रालय निर्माण गरेमा मात्रै रेसुङ्गाको गरिमा व्यापक हुने उहाँले बताउनुभयो ।

त्यसका लागि विद्धानहरुसँग पहल गरीरहेको बताउनुभयो  । पवित्र तपोभुमि रेसुङ्गामा वर्षको एकचोटी भएपनि आएर महापोखरी स्नान गरी देवालयहरुको दर्शन गर्न आग्रह गर्नुभयो । 

‘‘रेसुङ्गाको अपूर्व शक्ति यसलाई महशुस गर्न सक्याँै ।’’ अध्यक्ष भुसालले संसारमै नपाईने शान्ति रेसुङ्गामा पाइला टेक्दा प्राप्त हुने बताउनुभयो । उहाँले दान गर्दा दानपेटिकामा मात्र गर्न आग्रह गर्नुभयो ।

संरक्षण समितिले गतवर्ष देखी गाईको संरक्षणका लागि मुष्टिदान अभियान सञ्चालन गरीरहेको छ । उक्त मुष्टिदान गर्ने महानुभावहरुलाई अध्यक्ष भुसालले धन्यवाद् ज्ञापन गर्नुभयो । 

हरिबोधनी एकादशीका दिन गुल्मीका २ स्थानीयतहले दिए सार्वजनिक विदा !

हरिबोधनी एकादशीको अवशर पारेर गुल्मीका दुई स्थानीयतहद्धारा सार्वजनिक विदा दिने भएका छन् ।



जिल्लाको रेसुङ्गा नगरपालिका तथा गुल्मी दरबार गाउँपालिकाले शुक्रबार एक दिनका लागि सार्वजनिक विदा दिने भएका हुन् । ऐतिहासिक एवं धार्मिक स्थल रेसुङ्गामा हरिबोधनी एकादशी तथा रेसुङ्गा मेलाको दिन सार्वजनिक विदा दिने निर्णय दुवै स्थानीयतहले जनाएका छन् । 

 

SHARE