कर्मचारी स्थानीय तहमा टिक्न नसक्नुको कारण राजनीतिक आस्था , जनप्रतिनिधि र कर्मचारी बिचको बिबाद प्रमुख

0
419

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः देश संघियतामा गइसकेपश्चात सिंह दरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरु गठन भए । जस अनुसार कर्मचारी ब्यबस्थापन गर्न समस्या भएपनि स्थानीय तहको कार्य संचालनका लागि कार्यकारी अधिकार सहित एक जना कार्यकारी अधिकृत पत्येक स्थानीय तहमा खटिए ।
गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा खटेका प्रमुख प्रशासकीय अधिकृत कुनै स्थानीय तहमा तीन महिनासम्म पनि टिक्न सकेनन् । सबै भन्दा धेरै धुर्कोट गाउँपालिकामा पाँच जना प्रमुख प्रशासकीय अधिकृतहरु आउने र जाने क्रम चलिरहेको छ । कतिपय स्थानीय तहमा जननिर्वाचित प्रमख र कर्मचारीको प्रमुखका बिचमा बिच बिचमा हुने आपसी झगडा , राजनीतिक आस्था र कर्मचारी र जनप्रतिनिधि बिचको अहमताका कारण सरुवा हुने गरेको पाइएको छ । एक जना कर्मचारी २ बर्षसम्म रहन सक्ने प्राबधान भएपनि तीन तीन महिनामै कर्मचारी सरुवा हुने प्रचलन अझैपनि हटन सकेन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रबत्ता भूपाल बरालका अनुसार स्थानीय तहमा निर्वाचित अध्यक्ष वा मेयरसंग ब्याक्तिगत स्वार्थहरु बाझिँदा र केही आपसी बिबादहरु आएका कारण संगै राजनीतिक पहुँचका आधारमा गुल्मीमा मात्र नभई देशभर नै यस्तो समस्या आएका बताएका छन् ।
गुल्मीका स्थानीय तहहरुमा कति सम्म रहे त प्रमुख प्रशासकीय अधिकृतहरु तिधि मिति सहित
रेसुंगा नगरपालिका
१ ,बाबुराम पल्ली २०७१ जेठ १ गते देखि २०७३,चैत्र ८ गतेसम्म
२, रमेश गौतम २०७३ चैत्र ९ गते देखि २०७४ असोज १६ गतेसम्म
३, मुक्तिराम अर्याल २०७४ असोज १७ गते देखि २०७५ भदौ ३१ गते सम्म
४, भक्तिराम मरासिनी २०७५ भदौ ११ गतेदेखि हालसम्म
मसिकोट नगरपालिका
१, घनश्याम न्यौपाने २०७३ चैत्र १० देखि २०७५ कात्तिक २० गतेसम्म
२ नबराज भण्डारी २०७५ कात्तिक २१ गतेदेखि हालसम्म
धुर्कोट गाउँपालिका
१ , होमनाथ काफले २०७३ चैत्र १० देखि २०७४ असोज सम्म
२ टोलाल भुसाल २०७४ कात्तिक देखि पुस अन्तिम हप्ता सम्म
३ लोकहरी थापा २०७४ माघ देखि २०७५ कात्तिक अन्तिम हप्तासम्म
४ मधु घिमिरे २०७५ मंसिर देखि फागुन सम्म
५ काशीराम पन्थी २०७५ चैत्र देखि हालसम्म रहेका र पुरै मिति सहितको डाटा उपलब्ध हुन नसकेको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए ।
मालिका गाउँपालिका
१ रिसीराम पन्थी २०७३ चैत्र १० देखि २०७४ असोज २० गतेसम्म
२ लेखनाथ पोखरेल २०७४ असोज ३० देखि २०७५ चैत्र १७ सम्म
३ गोबिन्द भट्राई २०७५ चैत्र १७ देखि २०७६ जेठ ३१ सम्म
४ दिपक भण्डारी २०७६ असार ४ देखि हालसम्म
इश्मा गाउँपालिका
१ सरोज पोखरेल २०७३ चैत्र १० देखि २०७५ भाद्र १२ गतेसम्म
२ चन्द्रकान्त बस्नेत २०७५ भदौ १३ देखि हालसम्म
छत्रकोट गाउँपालिका
१ ज्ञानुराम पन्थी २०७३ चैत्र १० देखि २०७५ कात्तिक १८ सम्म
२ मधुकृष्ण पौडेल २०७५ कात्तिक १९ देखि २०७६ कात्तिक १५ सम्म
३ भेषराज पन्थ २०७६ कात्तिक १७ देखि आजसम्म
गुल्मी दरबार गाउँपालिका
१ हरीमाया पौडेल २०७३ चैत्र ९ देखि २०७६ फागुन १६ सम्म
२ राम प्रसाद शर्मा २०७३ चैत्र १२ देखि २०७५ चैत्र १० सम्म

३  लेख बहादुर बस्नेत २०७५ चैत्र ११ देखि हालसम्म


रुरु क्षेत्र गाउँपालिका
१ शरला पौडेल २०७३ चैत्र १० देखि २०७५ भदौ २२ सम्म
२ चेतनाथ गिरी २०७५ भदौ २५ देखि हालसम्म
सत्यवती गाउँपालिका
१ बिष्णु प्रसाद आर्चाय २०७३ चैत्र १० देखि २०७४ भदौ २२ सम्म
२ रिसी पन्थी २०७४ असोज २३ देखि फागुन १३ सम्म
३ यादब भण्डारी २०७४ चैत्र २९ देखि हालसम्म यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिका , मदाने गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा भने क्रमश बाबुराम पल्ली , शुरेश भण्डारी र कृष्ण भण्डारी भने २०७३ चैत्र १० देखि हालसम्म कार्यरत रहेको पाइएको छ ।

SHARE