एकादशीमा रेसुंगा र गुल्मीदरवारमा सार्बजनिक बिदा

0
705
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

तिलाचन पाण्डे
कात्तिक २१ ,२०७६ गुल्मी ः जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन २२ गते भोली सार्वजनिक बिदा दिएको छ । हरिबोधनी एकादशीको दिन धार्मिक एबं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागरण गर्नका लागि नगरपालिकाले सार्बजजनिक बिदा दिएको रेसुंगा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । रेसुंगामा एकदशीको दिन मेला लाग्ने भएकाले पर्यटन बर्षलाई मध्यनजर राख्दै प्रचार प्रसारको माध्यमबाट अगाडी बढाउन बिदा दिइएको नगरपालिका र गाउँपालिकाले जनाएको छ । रेसुंगामा रहेको पोखरीमा स्नान गर्नाले पापहरु नष्ट हुने र रेसुंगाको मन्दिरमा गई पुजा गर्नाले मनले चिताएका सबै पुरा हुने धार्मिक बिश्वास रहदै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष शुरेस चन्द्र भुसालले जानकारी दिए ।

SHARE