गौशलाका गाइलाई जुका र माटेको औषधी

0
1206

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः रेसुंगा नगरपालिका गुल्मीको भेटेनरी शाखाले रेसुंगाको गौशलामा रहेका गाइहरुका लागि जुका र माटेको औषधी खुवाएको छ । गौशलामा रहेका २सय ६८ गाइहरुका लागि माटे र जुकाका औषधी खुवाइएको भेटेनरी शाखाका रुमाखर मरासिनीले जानकारी दिए ।
गाइहरुलाई माटे र जुकाको रोगबाट बचाउनका लागि नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रम अनुसार औषधी खुवाइएको र गाइहरुको उपचारमा भेटेनरी शाखाले एक पल्ट हेरचाहा गर्ने गरेको र नियमित रुपमा उपचार गर्दै आएको भेटेनरी शाखाले जनाएको छ । गौशलामा जंगली चितुवाले आर्कमण गर्दै आएको स्थानीयहरुले बताउदै आएको सन्र्दभमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले गौमाताहरुको संरक्षणका लागि नगरपालिकाले उचित ब्यबस्थापन गर्ने जनाएका छन् ।

SHARE