Friday, June 5, 2026

गरिबीको पीडा : छोरी जलेर अस्पताल, आर्थिक समस्याले लालपुर्जा बन्धकी

0

टोपलाल अर्याल
साउन १२,२०८० गुल्मीः गुल्मीको रेसुंगा नगरपालिका ८ थुम्काकी १२ बर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भए । रचनाले गत २९ जेठको बिहानै नास्ता खाने क्रममा अगेनोबाट एक्कासी कुर्तामा आगो सल्कियो । बिहानै बुबा दुर्गा बहादुर विक काममा निस्किएका थिए । आमा राधिका विक जंगल गएकी थिइन् ।

कुर्तामा आगो दुन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन । त्यो समय पानीको अभावले घरमा खानेपानी समेत थिएन । धाराहरु बन्द थिए । उनले जिउमा पोख्न पानी समेत पाइनन् । केहिबेर त छिमेकीले दिदिभाईको झगडा सम्झिए । तर, रचना आगोले जलेर बिक्षिप्त थिइन् । केहिबेरमा रचनाको शरिरमा लागेको आगो फुपु र हजुर आमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पुराइयो । तर, अवस्था जटिल भएकाले अस्पतालले पाल्पा मिसन अस्पतालमा रेफर ग¥यो ।

दुर्गा बहादुरले क्रृणधन गरेर छोरीलाई पाल्पा पुराए । मिसनमै नौ दिन उपचार भयो । तर, सानो बच्चा र भोलीको भविस्यका कारण अस्पतालले काठमाण्डौको राम्रो ठाउँमा पठाउन सुझाव दियो । दुर्गा बहादुरका दम्पतीले छोरीलाई काठमाण्डौको सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगेर उपचार गरिरहेका छन् । अस्पताल बसाईको टुङ्गो छैन् । आमा राधिका विकले अस्पतालमा उपचार गराइरहेकी छन् । पाल्पाको उपचारमा ५० हजार भ्याइयो । पाल्पा र काठमाण्डौ गर्दा एम्बुलेन्समै ३५÷३६ हजार सकियो ।

सुष्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेशन गरेको डेढ लाख थियो । बालिका र परिवारको अवस्था देखेर रुटिन अफ नेपाल बन्दका उज्जलबिक्रम थापाले एक लाख सहयोग गरे । अझै विक परिवारको थाप्लोमा ४० हजार बढि अप्रेशनकै खर्च छ । त्यो बाहेक खानपान, औषधी उपचार र बसाईको जोहो गर्न निकै मुस्किल परिरहेको आमा राधिका विकले गुनासो गरिन् ।

दुर्गा बहादुर विकले मजदुरी गर्छन् । परिवारको खुसीको लागि ०७१ सालमा मलेसिया पनि गए । मलेसिया पुगेको ११ महिनामै कम्पनी बन्द भएकाले फर्किएर घर आए । काम र दाम भने अनुसार नपाएका विकको गाउँमा खोजेको क्रृण समेत तिर्ने उपाय भएन । सम्पतीको नाममा खग्रेटाले बारेको छाप्रो हो । गत बर्ष जनता आवासबाट घर प¥यो । राम्रो ओतको आशमा विक परिवार खुसी भए । पहिलो किस्ता ३५ हजार पाए । थप किस्ता पाउने आशमा विकले लालपुर्जा धितो राखेर पाँच लाख क्रृण निकालेका छन् । घर छाउने अवस्थामा रहेको छ । तर, सरकारले कवुल अनुसारको किस्ता दिएको छैन् । अहिलेनै छोरी जलेर अस्पतालको बेडमा छन् । ‘क्रृण माग्न लालपुर्जा बुझाँए सरकारले किस्ता नदिदाँ घरका भित्ता र झ्यालढोकामा लेउ उम्रियो । छोरी जलेर अस्पतालमा छटपटाइरहेकी छे,’उनले भने,‘,काम गरेको किस्ता नदिने सरकार र गरिव देख्ने दैव निर्दयी रहेछन् ।

जलेर घाइते बनेकी रचना विक परिवारकी जेठी छोरी हुन् । उनले सिद्धबाबा माविको कक्षा ६ मा पढ्छिन् । सानो भाई दिप्सन विक छन् । उनको उपचारको लागि अहिले बिद्यालय र समुदाय स्तरमा चन्दा संकलन भइरहेको छ । लामो समय उपचार हुने भएकाले परिवारसंग आर्थिक संकट देखिएको छ । काम गरेर खाने परिवारमा छोरी जलेर सख्त घाइते भएपनि अवस्था बिजोग बन्दै गएको छ । सहयोग गर्नेहरुको लागि बुबा दुर्गा बहादुर विकको एनआइसि एसिया बैक तम्घासको खाता नं ३३८५७५२७८७१३८००१ र फोन न ९८६७३१४५०८ रहेको छ ।

घुम्ती सेवा शिविरले स्थानीयलाई सहज

0

सुशीला रेग्मी
साउन ११,२०८० पाल्पाः रामपुर नगरपालिका वडा नं २ पाल्पामा वडास्तरिय घुम्ती सेवा शिविर सुरु भएको छ ।

वडाले घरदैलोमा नै नागरिकलाई सेवा दिने उद्धेश्यले अत्रवासमा बुधवार घुम्ती शिविर आयोजना गरी विभिन्न सेवाहरु प्रदान गरेको छ । शिविरमा सामाजिक सुरक्षा भक्ता परिचय पत्र, नविकरण, निवेदन फाराम संकलन, ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण, उपचार, पशु स्वास्थ्य परिक्षण उपचार सेवा दिइएको छ ।

वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा भएको शिविरमा स्वास्थ्य जाँच सम्बन्धी स्वास्थ्यकर्मी सन्जु थापा, पशुस्वास्थ्य सम्बन्धी नायव पशु सेवा प्राविधिक उपेन्द्रकुमार पण्डित लगायतले सेवा दिनुभएको हो । अत्रवासमा ३५ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परिक्षण गरी औषधी सेवा लिनुभएको छ भने पशुस्वास्थ्य शिविरमा एक सय गाईभैसी, बाख्रा, बंगुरलाई जुकामाटेको औषधी वितरण, सामाजिक सुरक्षा भक्ता ३३ जनाको नविकरण गरिएको वडा सचिव बासुदेव ढकालले जानकारी दिनुभएको छ ।

गाउँघरमा नै बसेर ब्लड प्रेसर, सुगर, दम, झाडापखाला, ज्वरो, रुघाखोकीको उपचार तथा औषधी सेवा, सामाजिक सुरक्षा भक्ता नविकरण, पशुचौपायालाई जुकामाटेको औषधी सेवा पाएपछि स्थानीय उत्साहित भएका छन् । शिविरमा वडाध्यक्ष कृष्णबहादुर दर्जी सहित, वडा सदस्यहरु टकमाया थापा, तेजकुमारी गैरे, शिवशंकर जिसी, वडा सचिव बासुदेव ढकाल, टोल विकास संस्थाका पदाधिकारी लगायतले सघाउनुभएको थियो ।

वडा कार्यालय देखि टाढा रहेका टोल वस्तीमा वडाका जनप्रतिनिधि, कर्मचारी पुगेर सेवा दिन थालेपछि स्थानीयलाई धेरै राहत मिलेको छ । बिहीवार अत्रवासटोलमा छुटेकाको सेवा वडा कार्यालयबाट दिने र पर्सी तिलिङ्डाँडा क्षेत्रमा शिविर चलाइने वडाले जनाएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

0

साउन ११,२०८०दाङ : देउखुरी लमही–३ नर्तीमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। लमही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ। मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ

लुम्बिनी सहितका प्रदेशमा भारी वर्षा

0
फाइल फोटो

साउन ११,२०८०काठमाडौं : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीवार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

गुल्मीमा घर भत्किँदा तीन जना घाइते

0

साउन ११ ,२०८० गुल्मीः गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् ।

 

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर २ भेडिखोरका मुक्तबहादर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय हिक्मत घर्ती , १२ वर्षीय छोरी करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

घाइतेहरुको मदाने सामुदायीक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएकी बहिनीले दिदीको घर गोठमा आगो लगाइदिइन्

0
सांकेतिक तस्बिर

साउन १० ,२०८० गुल्मी : मानसिक अवस्था ठिक नभएकी बहिनीले दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङकी ३२ वर्षकी मीना बिकले दिदी दुर्गा बिकको दुई तले जस्ताले छाएको बंगालो र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा बंगालो गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीका कारण घरमा भएको तीन लाख पचास हजार नगद , चार तोला सुनका गरगहना गरी करिब गरी १२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
निन्युखर्क घर भएकी बिक विगत पाँच वर्षदेखी दाजुको घरमा बस्दै आएको र घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबीच खाना पकाउदा आगोमा जलेर गुल्मीमा एक जना घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ५ का ३० वर्षीय गुन्जमान बिकले आफनै घरमा दाउराको आगोमा खाना पकाउदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइते बिकको घाँटी र अनुहारमा जलेकाले अवस्था गम्भीर भएको पाण्डेको भनाई छ ।

बिकको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा विपद्का कारण एक वर्षमा १७ जनाको मृत्यु

0
जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रगति समिक्षा कार्यक्रम । तस्बिर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
साउन १०,२०८० गुल्मीः गुल्मीमा विभिन्न विपद्का घटनाहरुबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार आर्थिक वर्ष २०७९।०८० मा जिल्लामा विभिन्न विपद्का घटनाहरुमा १७ जनाको मृत्यु भएको छ ।

एक आर्थिक वर्षको प्रगति समिक्षा कार्यक्रममा पत्रकारहरुबीच भएको कार्यक्रममा आगलागीका घटनाहरुमा परेर छ जना,चट्याङमा परेर तीन जना,बाढी र डुवानका कारण आठ जनाको गरी कुल १७ जनाको मृत्यु भएको प्रधानले जानकारी दिए । यस अवधिमा विपद्का घटनाहरुमा परी नौ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८।०७९ मा १३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७।०७८ मा १३ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विपद्का घटनाहरु न्यूनिकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र विपद्मा प्रहरी सधै जनाताको साथमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७९।०८० मा ८१ जनाले आत्म हत्या गरेका छन् । जस अनुसार ६९ जनाले झुण्डीएर ,विष सेवन गरी नौ जना र पानीमा डुवेर तीन जनाले आत्म हत्या गरेको पाण्डेले बताए । आत्म हत्या गर्ने उमेर समूह भने ९ देखी ७४ वर्ष उमेर सम्मका रहेको पाण्डेले जानकारी दिए ।

आत्म हत्या गर्नूको कारण आर्थिक अवस्था कमजोर, बैदेशिक रोजगारी , घरायसी झै झगडा र मदिरा सेवन जस्ता कार्यहरु रहेको पाण्डेले बताए ।

 

प्रदेश निजामती विधेयक प्रस्तुत,, विधेयकले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने बिश्वास

0

दिवाकर पोख्रेल
साउन १०,२०८० देउखुरी : लुम्बिनी प्रदेशको नीजामती सेवाको गठन ,संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा मा प्रस्तसत भएको छ । मंगलबार बसेको लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेसनको २० औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट गृहमन्त्री सन्तोष कुमार पाण्डेले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत विधेयकमा सैद्धान्तिक छलफलमा भाग लिने प्रदेशसभा सदस्यले ढिलो भएपनि देशको नीजामती सेवाको गठन ,संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा आउनुलाई सकरात्मक रुपमा लिदै यसलाई जनताले सार्जजनिक प्रशासनलाई विश्वास बढाउने उक्त विधेयक महत्वपूर्ण हुने भएकाले दफादार छलफलमा खुलेरै भागलिने बताउनुभयो ।

तत्काललाई विधेयेक आउनु सकरात्मक भएपनि प्रदेशको नीजामती विधेयक प्रदेशकै अनुकुलको हुनुपर्ने तर्क समेत आएका छन् । सैद्धान्तिक छलफलमा भाग लिदै लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले प्रदेशको प्रमुख सचिव प्रदेश सरकारले नै उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संघीयताको बलियो कार्यान्वयन खोजिरहेका बेला प्रदेशको प्रमुख सचिवलाई संघीय सरकारको मातहत राख्ने गरी विधेयक ल्याउँछौ यस्ले तीन तहको सरकारको परिकल्पनामा समेत असर गर्छ ।’ प्रदेशको प्रमुख सचिव प्रदेश उत्पादन गर्ने र स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत स्थानीय सरकारबाटै उत्पादन गर्दै अवसर दिनुपर्छ,नसके मात्रै माथिल्लो सरकारबाट माग गर्नुपर्छ ।’

यस्तै छलफमा भाग लिदै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य नीमा गिरीले विधेयकको केही दफाहरु आफैमा वाझीएकोले यस्मा विचार गर्नुपर्ने बताउनुभयो । उहाँले नीजामती सेवा विधेयक आएपछी अब प्रदेश र स्थानीय तहमा देखिएको जनशक्ती अभाव हल हुने र संघीयता कार्यान्वयनमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै प्रदेशसभा सदस्य कृष्णा कुश्मा थारुले नीजामती कर्मचारी विधेयकमा कर्मचारी दरखास्त आवाहन गर्दा समुह छुट्टाउँदा जातिगत तथ्याङकलाई ख्याल गर्नुपर्ने बताउनुभयो । जनगणना प्रति नै शंका गर्दै उहाँले थारु समुदायको जातीगत तथ्याङक नै गलत रहेको ठहर गर्नुभयो ।

प्रदेशसभामा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेशको नीजामती सेवाको गठन,संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई विषयगत समीतिमा छलफल गरेर प्रदेशसभामा ल्याएको भए थप प्रभावकारी हुने समेत बताउनुभएको थियो ।

विधेयकको विषयमा सत्ता पक्षदलहरुले सकरात्मक रुपमा लिएपनि प्रमुख प्रतिपक्षदलले भने प्रदेशको नीजामती सेवाको गठन ,संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक नै सही ढङगबाट नआएकाले उक्त विधेयक फिर्ता ल्याउन समेत माग गरेको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले संघीय नीजमाती सेवा ऐन २०५३,स्वास्थ्य सेवा ,प्राविधिक सेवा ऐनले दिएको अधिकार समेत कटौती गरि आएको विधेयकले कर्मचारीको मनोवल घटाउने र संघीयता कार्याँवयनमा समेत समस्या सिर्जना गर्ने भएकाले यस्लाई सरकारले फिर्ता गर्नुपर्ने जोडदार माग गर्नुभयो ।

सैदान्तिक छलफलमा उठेका विषयको मुख्यमन्त्रीको तर्फबाट जवाफ दिदै गृहमन्त्री सन्तोष कुमार पोण्डेले प्रदेश नीजामती सेवाको विषयमा विधेयक ल्याएर जग बसाल्ने काम गरेको भन्दै छलफलमा उठाएका विषयलाई विस्तारै समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

0
फाइल फोटो

साउन ९,२०८० रुपन्देही : रुपन्देहीको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार भएको छ ।

बुटवल मजुवा स्थित तिनाउ नदिका बिचमा दाउरा खोज्न र माछा मार्न गएका पाखा पानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।

उपप्रमुख खनालको निधन

0

साउन ८,२०८० रुपन्देही : बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दम बढेपछि उपचारका क्रममा उहाँको निधन भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

खनाल बिस २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।