
साउन ८,२०८० रुपन्देही : बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


दम बढेपछि उपचारका क्रममा उहाँको निधन भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
खनाल बिस २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।
