मानसिक अवस्था ठिक नभएकी बहिनीले दिदीको घर गोठमा आगो लगाइदिइन्

0
104
सांकेतिक तस्बिर

साउन १० ,२०८० गुल्मी : मानसिक अवस्था ठिक नभएकी बहिनीले दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङकी ३२ वर्षकी मीना बिकले दिदी दुर्गा बिकको दुई तले जस्ताले छाएको बंगालो र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा बंगालो गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीका कारण घरमा भएको तीन लाख पचास हजार नगद , चार तोला सुनका गरगहना गरी करिब गरी १२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
निन्युखर्क घर भएकी बिक विगत पाँच वर्षदेखी दाजुको घरमा बस्दै आएको र घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबीच खाना पकाउदा आगोमा जलेर गुल्मीमा एक जना घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ५ का ३० वर्षीय गुन्जमान बिकले आफनै घरमा दाउराको आगोमा खाना पकाउदै गर्दा एक्कासी चक्कर लागेर आगोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइते बिकको घाँटी र अनुहारमा जलेकाले अवस्था गम्भीर भएको पाण्डेको भनाई छ ।

बिकको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

SHARE