गुल्मीमा घर भत्किँदा तीन जना घाइते

0
92

साउन ११ ,२०८० गुल्मीः गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् ।

 

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर २ भेडिखोरका मुक्तबहादर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय हिक्मत घर्ती , १२ वर्षीय छोरी करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

 

घाइतेहरुको मदाने सामुदायीक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE