गुल्मीमा विपद्का कारण एक वर्षमा १७ जनाको मृत्यु

0
91
जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रगति समिक्षा कार्यक्रम । तस्बिर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
साउन १०,२०८० गुल्मीः गुल्मीमा विभिन्न विपद्का घटनाहरुबाट एक आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार आर्थिक वर्ष २०७९।०८० मा जिल्लामा विभिन्न विपद्का घटनाहरुमा १७ जनाको मृत्यु भएको छ ।

एक आर्थिक वर्षको प्रगति समिक्षा कार्यक्रममा पत्रकारहरुबीच भएको कार्यक्रममा आगलागीका घटनाहरुमा परेर छ जना,चट्याङमा परेर तीन जना,बाढी र डुवानका कारण आठ जनाको गरी कुल १७ जनाको मृत्यु भएको प्रधानले जानकारी दिए । यस अवधिमा विपद्का घटनाहरुमा परी नौ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८।०७९ मा १३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७७।०७८ मा १३ जनाको मृत्यु भएको र २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विपद्का घटनाहरु न्यूनिकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र विपद्मा प्रहरी सधै जनाताको साथमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७९।०८० मा ८१ जनाले आत्म हत्या गरेका छन् । जस अनुसार ६९ जनाले झुण्डीएर ,विष सेवन गरी नौ जना र पानीमा डुवेर तीन जनाले आत्म हत्या गरेको पाण्डेले बताए । आत्म हत्या गर्ने उमेर समूह भने ९ देखी ७४ वर्ष उमेर सम्मका रहेको पाण्डेले जानकारी दिए ।

आत्म हत्या गर्नूको कारण आर्थिक अवस्था कमजोर, बैदेशिक रोजगारी , घरायसी झै झगडा र मदिरा सेवन जस्ता कार्यहरु रहेको पाण्डेले बताए ।

 

SHARE