
साउन ९,२०८० रुपन्देही : रुपन्देहीको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार भएको छ ।


बुटवल मजुवा स्थित तिनाउ नदिका बिचमा दाउरा खोज्न र माछा मार्न गएका पाखा पानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।