Friday, June 5, 2026

गुल्मीदरबारको बार्षिक समिक्षा सम्पन्न

0

साउन २१,२०८० गुल्मीः गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा भएका कार्यहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७९।०८०मा गाउँपालिकाद्धारा सम्पादन भएका कार्यहरुको बार्षिक समिक्षा गोष्ठी सभाहलमा सम्पन्न गरेको हो ।

गाउँपालिकाले बिषयगत शाखाका प्रमुखहरुद्धारा एक वर्षमा सम्पादन भएका कार्यहरुको प्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि ,पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाको अध्यक्षता ,उपाध्यक्ष तारा थापा ढेगाको स्वागत मन्तब्यमा कार्यक्रमको संचालन टंक पन्थीले गर्नुभएको थियो ।

गुल्मीमा आठ हजार २४९ खरका छाना विस्थापित गरी लगाइयो जस्तापाता

0

तिलाचन पाण्डे
साउन २०,२०८० गुल्मीःगुल्मीमा खरका छाना बिस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ । नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु बिस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ ।

मुसिकोट नगरपालिका गुल्मीमा करिब एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार २१ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ । बाँकी १७९ घरहरुमा पनि जस्ता पाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साँढे चार करोड खर्च भएको सूचना प्रबिधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिए ।

 

यस्तै रेसुंगा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्ता पाता लगाइसकिएको नगरपालिकाले जनाएको छ ।

सबै घरधुरीहरुमा जस्तापाता लगाइसकिएकाले अब खरका छानामुक्त नगर घोषणको तयारीमा रहेको सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । जसका लागि एक करोड रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिका ७४९ घर खरका छाना भएकोमा ७२५ घरहरुमा जस्तापाता लगाइसकेको र बाँकी २४ घरहरुमा जस्ता पाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षमा पालिकालाई खरका छानामुक्त घोषण गर्ने तयारीमा रहेको सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

 

चन्द्रकोटमा गाउँपालिकामा भने कुल एक हजार तीन घरहरु खरका छाना भएकोमा सात ८६४ घरहरुमा जस्तापाताहरु लगाइएको र बाँकी १३९ घरहरुमा जस्तापाता लगाउने अभियान जारी रहेको सूचना अधिकारी शिबप्रसाद ज्ञवलीले जानकारी दिए ।

यस्तै इश्मा गाउँपालिकामा ६०५ खरका छाना भएका घरहरु जस्ता पाता लगाइएको गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।जसका लागि झण्डै दुई करोड बढी खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मदाने गाउँपालिकाका ७३६ घरहरु खरका छाना भएकोमा सबै घरहरुमा जस्तापाता लगाई गाउँपालिकालाई २०७८ साल फागुन २६ गते खरका छानामुक्त घोषण गरिएको प्रमुख प्रशासकीय अधिकृत शालीग्राम पन्थीले जानकारी दिए ।
मालिका गाउँपालिकामा एक हजार ४८६ घरहरु खरका छानाहरुमा जस्ता पाता लगाइएको र खरका छानामुक्त गाउँपालिका घोषण गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्ने अभियानमा करिब तीन करोड ६५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गुल्मीदरवार गाउँपालिकामा ६४० घरहरु खरका छाना भएकोमा ५५० घरहरुमा जस्तापाता लगाएको र बाँकी ९० घरहरुमा जस्तापाता लगाउने कार्य यस आर्थिक बर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए । जसका लागि करिब एक करोड ५० लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

कालीगण्डकी गाउँपालिकामा ३१७ घरहरुमा जस्ता पाता लगाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
धुर्कोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार २४५ घर धुरीहरुमा जस्तापाता लगाई खरका छाना मुक्त गाउँपालिका घोषण गरेको हो ।

आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छाना मुक्त गाउँपालिका घोषण गर्ने पहिलो निर्णय सार्थक भएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए ।
खरका छाना मुक्त गाउँपालिका घोषण भएसंगै आगलागीका घटनामा कमी आउने र मनसुन जन्य क्षतीबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लािग कुल १९ करोड,२९ लाख९४ हजार,११९ रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

जसअन्र्तगत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार २८७,नागरिक सुरक्षित आवासका लागि ७८ लाख ५० हजार,जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकिकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख, भूकम्प पछिको पुन निर्माणमा १३ करोड ८३ लाख खर्च भएको छ ।

 

दाङका ४६ जनामा डेंगु संक्रमण

0

साउन २०,२०८० दाङ : जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ।

उनले भने, ‘डेँगुका विरामी फाट्टफुट्ट आउन थालेका छन्। सबैभन्दा बढी घोराही र तुलसीपुरमा देखिएको छ। अन्य पालिकाबाट पनि डेंगु संक्रमण भएको रिपोर्ट आइरहेको छ।’

अहिलेसम्म डेंगु संक्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य रहेको भन्दै उनले यसबाट बच्न जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम भइरहेको समेत बताए। पालिकाहरू र नेपाल रेडक्रस सोसाइटीबाट विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेको उनको भनाइ छ।

यसैगरी देउखुरीको राप्ती गाउँपालिका(१ भालुवाङबाट ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। शुक्रबारदेखि उक्त अभियान सुरु गरिएको हो। पहिलो चरणमा बजार क्षेत्रमा उक्त अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए।

उनका अनुसार पानी परेसँगै जम्मा हुने ठाउँमा लामखुट्टेका लार्भा बढ्ने भएकाले डेंगुको जोखिम हुने भएकाले यो अभियान सुरु गरिएको हो। गाउँपालिकामा हालसम्म डेँगुका २ जना बिरामी भेटिएका छन्।

यस्तै जहाँ जनघनत्व बढी छ, त्यहाँ फोहर पनि बढी हुने भएकाले शहरी क्षेत्रका नालीमा लामखुट्टे बस्ने भएकाले लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा नष्ट गर्ने उद्देश्यले सचेतना कार्यक्रम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।

यसैगरी यो कार्यक्रम वडास्तरमा लगेर त्यहाँका टोल विकास समितिहरूलाई पनि अभिभुखीकरण गर्ने उद्देश्य रहेको समेत बताए।

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ। डेँगुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा चिकित्सकको भनाइ छ।

आज लुम्बिनी सहितका प्रदेशमा भारी वर्षा

0
फाइल फोटो

साउन २०,२०८०
काठमाडौं : देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

नेपालमा हाल मनसुनी वायुको प्रभावका साथै भारतको मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

उत्तराखण्डको पहिरोमा हराइरहेका नेपालीको खोजी हुँदै

0

साउन २०,२०८०काठमाडौं : भारत उत्तराखण्डको गौरीकुण्डनजिकै खसेको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी कार्य अघि बढेको छ। नेपालको पत्रसँगै भारतीय दूतावासको पहलमा खोजी कार्य अघि बढेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

रोजगारीको सिलसिलामा भारतस्थित उत्तराखण्डको गौरीकुण्डनजिक पुगेका १६ नेपाली बेपत्ता भएको घटनास्थलका स्थानीयवासीलाई उदृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ।

राति बास बसेको होटल नै पहिरोले बगाएपछि जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी २ र ३ का ४ र कालीकोटका ५ सहित १६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । बेपत्ता भएकामध्ये ११ नेपालीको पहिचान खुलेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पातारासी–३ का २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, छोरा सात वर्षीय पृथ्वी, छोरा ६ वर्षीय जटिल र छोरा तीन वर्षीय वकिल बेपत्ता भएका छन्।

यस्तै पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र कामी र ५५ वर्षीया धनराज बुढा पनि पहिरोमा बेपत्ता भएका छन्। पातारासी–२ कै सुखराम रावत, बोम बहादुर बोहरा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

पहिरोमा बेपत्ता भएका मध्ये तीनजनाको शव फेला परेको छ। भेटिएका मध्ये दुई नेपाली र एकजना भारतीय हुन्। फेला परेका टेकबहादुर कामीको सनाखत भएको र अर्का एकको भने पहिचान हुने नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तीन वर्षपछि पायो गुल्मी कारागारले स्वास्थ्यकर्मी

0
जिल्ला कारागार कार्यालय गुल्मीको तस्बिर :खबरमार्केट

तिलाचन पाण्डे
साउन २०,२०८०गुल्मीः तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ ।

कारागारमा सिनियर अहेवको दरवन्दी भए पनि २०७७जेठ देखी स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा थिए । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहनुभएका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गते देखी नियमित काममा रहेको बताए ।

पछिल्लो समयमा कारागारमा खानेपानी र भवन लगायतको समस्यालाई मर्मत गरेर सुधार गरिएको बताउँदै दीघकालिन रुपमा कारागारलाई सुधार गृहको रुपमा उचित ब्यबस्थापन गर्ने गरी योजना बनाएर अगाडि बढ्ने गैरेले बताए ।

२५ जनाको क्षमता १०२ कैदीबन्दी

बिसं २०२४ सालमा स्थापना भएको (ङ)बर्गको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहेपनि यहाँ अहिले १०२ जना कैदीवन्दी रहेको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिए ।

कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरुका लागि उचित ब्यबस्था नहुँदा समस्या भएको पन्थीकोे भनाई छ । भवन जीर्ण हुनु ,प्राविधिक कर्मचारीलाई आबासको समस्या र उचित जग्गा नहुँदा कैदीबन्दीहरुलाई ताजा तरकारी उत्पादन गर्ने गरी ब्यबस्था गर्न सकेमा उत्तम हुने कार्यालयले जनाएको छ ।

जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यालयले जनाएको छ । जसमा अधिकृत १,सि अहेव १,नायव सुब्वा १, खरिदार १,सहायक लेखापाल १ ,सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ४ जना गरी १० जनाको दरबन्दी रहेको छ ।

कार्यालय प्रमुख काठमाडौं काजमा रहेको र खरिदार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट काज फिर्ताको क्रममा रहेको कार्यालयले जनाएको छ ।

 

अबैध गाँजाका बोटहरु कटान गर्दै गुल्मी प्रहरी गाँउमा

0

गीता बस्याल
साउन २०,२०८० गुल्मीः अबैध रुपमा लगाइएका गाँजाका बोटहरु नष्ट गर्नका लागि जिल्ला प्रहरीले अभियान नै थालेको छ ।
प्रहरीले रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौमा अवैध रुपमा रहेका छ सय गाँजाका बिरुवाहरु कटान गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

अबैध रुपमा गाँजाका बिरुवाहरु लगाउन र उत्पादन गर्नका लागि कानून विपरीत भएकाले यस्ता कार्यहरु गर्न कसैलाई छुट नभएकाले बिरुवाहरु कटान गरी नष्ट गरिएको पाण्डेले बताउनुभयो ।

सिमीचौरमा रहेका गाँजाका बिरुवालाई पहिलो चरणमा कटान गरी नष्ट गरिएको र यस अभियानलाई जिल्लभर नै संचालन गर्ने गरी कार्यालयले योजना बनाएको पाण्डेको भनाई छ ।


जिल्लामा यदि कतै अवैध रुपमा गाँजाका बोटहरु रहेका भए सूचना दिएर सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यदि कसैले अवैध रुपमा गाँजा उत्पादन गरी बिक्री वितरण गरेको पाइएमा लागु औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत कारवाही गरेरै छाड्ने प्रहरीले चेतावनी दिएको छ ।

 गुल्मी वितरण केन्द्रद्वारा तीन सय बिरुवा रोपण

0

तिलाचन पाण्डे
साउन १५ ,२०८० नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ ।

३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको कार्यालय परिसर, बिरवास, बस्तु सवस्टेशन , रिडी ,खैरेनी ,इश्मा लगायतका स्थानहरुमा  एक सय वटा आँप, लिची, कागती , अम्वा जस्ता फलफूलका बिरुवाहरु  अन्य प्रजातीका दुई सय गरी कूल तीन सय विरुवा रोपण गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिनुभयो ।
प्राधिकरणले बिद्युतीकरण र लाइन बिस्तार गर्दा रुखकटान गर्ने मात्र नभई बृक्षारोपण गर्ने र संरक्षण पनि गर्छ भन्ने शन्देश प्रवाह गर्न फलफूल सहितका अन्य प्रजातीका बिरुवाहरु रोपण गरिएको पोखरेलले बताउनुभयो ।
फलफूलका बिरुवाले कार्यालयमै ताजा फलफूल हुने र अन्य प्रजातीका बिरुवा रोपणले वातावरण स्वच्छ राख्न र हरियाली बनाउनका लागि ठूलो टेवा पुग्ने भएकाले यस अभियानलाई निरन्तरता दिँदै जाने वितरण केन्द्रका लेखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो ।
बार्षिक उत्सवको अवसरमा वितरण केन्द्र गुल्मीले कार्यालय परिसर सरसफाइ लगायतका अन्य रचनात्मक कार्य पनि गरेको कार्यालयलेजनाएको छ ।

१७ किलो सुकुटीसहित तीनजना पक्राउ

0

साउन १५,२०८०दाङ : प्रहरीले १७ किलो चित्तलको सुकुटीसहित तीनजनालाई पक्राउ गरेको छ। लमही नगरपालिका ६ बस्ने ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका ६ बस्ने ३० वर्षीय मनोज थापामगर र ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आइतबार अपराह्न साढे ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित जंगलमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले चाँज गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

लमहीदेखि घोराहीतर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाइकल बा ९१ प ११०७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा बा ९१ प ११०७ नम्बरको पछाडि सवार केसीले बोकेको झोलामा १७ किलो चित्तलको सुकुटी फेला परेको थियो।

उनीहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाएको प्रहरीले जनाएको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0

साउन १५,२०८०काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ।

माओवादी केन्द्रका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ। आइतबार अपराह्नका लागि बोलाइएको बैठक स्थगित भए पछि सोमबारका लागि बोलाइएको हो।

माओवादी केन्द्रले साउन १७ गते शुरुहुनेगरी केन्द्रीय समिति बैठक बोलाएको छ।