अबैध गाँजाका बोटहरु कटान गर्दै गुल्मी प्रहरी गाँउमा

0
170

गीता बस्याल
साउन २०,२०८० गुल्मीः अबैध रुपमा लगाइएका गाँजाका बोटहरु नष्ट गर्नका लागि जिल्ला प्रहरीले अभियान नै थालेको छ ।
प्रहरीले रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौमा अवैध रुपमा रहेका छ सय गाँजाका बिरुवाहरु कटान गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

अबैध रुपमा गाँजाका बिरुवाहरु लगाउन र उत्पादन गर्नका लागि कानून विपरीत भएकाले यस्ता कार्यहरु गर्न कसैलाई छुट नभएकाले बिरुवाहरु कटान गरी नष्ट गरिएको पाण्डेले बताउनुभयो ।

सिमीचौरमा रहेका गाँजाका बिरुवालाई पहिलो चरणमा कटान गरी नष्ट गरिएको र यस अभियानलाई जिल्लभर नै संचालन गर्ने गरी कार्यालयले योजना बनाएको पाण्डेको भनाई छ ।


जिल्लामा यदि कतै अवैध रुपमा गाँजाका बोटहरु रहेका भए सूचना दिएर सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यदि कसैले अवैध रुपमा गाँजा उत्पादन गरी बिक्री वितरण गरेको पाइएमा लागु औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत कारवाही गरेरै छाड्ने प्रहरीले चेतावनी दिएको छ ।

SHARE