गुल्मीदरबारको बार्षिक समिक्षा सम्पन्न

0
159

साउन २१,२०८० गुल्मीः गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा भएका कार्यहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७९।०८०मा गाउँपालिकाद्धारा सम्पादन भएका कार्यहरुको बार्षिक समिक्षा गोष्ठी सभाहलमा सम्पन्न गरेको हो ।

गाउँपालिकाले बिषयगत शाखाका प्रमुखहरुद्धारा एक वर्षमा सम्पादन भएका कार्यहरुको प्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि ,पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाको अध्यक्षता ,उपाध्यक्ष तारा थापा ढेगाको स्वागत मन्तब्यमा कार्यक्रमको संचालन टंक पन्थीले गर्नुभएको थियो ।

SHARE