गुल्मी वितरण केन्द्रद्वारा तीन सय बिरुवा रोपण

0
283

तिलाचन पाण्डे
साउन १५ ,२०८० नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ ।

३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको कार्यालय परिसर, बिरवास, बस्तु सवस्टेशन , रिडी ,खैरेनी ,इश्मा लगायतका स्थानहरुमा  एक सय वटा आँप, लिची, कागती , अम्वा जस्ता फलफूलका बिरुवाहरु  अन्य प्रजातीका दुई सय गरी कूल तीन सय विरुवा रोपण गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिनुभयो ।
प्राधिकरणले बिद्युतीकरण र लाइन बिस्तार गर्दा रुखकटान गर्ने मात्र नभई बृक्षारोपण गर्ने र संरक्षण पनि गर्छ भन्ने शन्देश प्रवाह गर्न फलफूल सहितका अन्य प्रजातीका बिरुवाहरु रोपण गरिएको पोखरेलले बताउनुभयो ।
फलफूलका बिरुवाले कार्यालयमै ताजा फलफूल हुने र अन्य प्रजातीका बिरुवा रोपणले वातावरण स्वच्छ राख्न र हरियाली बनाउनका लागि ठूलो टेवा पुग्ने भएकाले यस अभियानलाई निरन्तरता दिँदै जाने वितरण केन्द्रका लेखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो ।
बार्षिक उत्सवको अवसरमा वितरण केन्द्र गुल्मीले कार्यालय परिसर सरसफाइ लगायतका अन्य रचनात्मक कार्य पनि गरेको कार्यालयलेजनाएको छ ।

SHARE