माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0
109

साउन १५,२०८०काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ।

माओवादी केन्द्रका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ। आइतबार अपराह्नका लागि बोलाइएको बैठक स्थगित भए पछि सोमबारका लागि बोलाइएको हो।

माओवादी केन्द्रले साउन १७ गते शुरुहुनेगरी केन्द्रीय समिति बैठक बोलाएको छ।

 

SHARE