गुल्मीमा आठ हजार २४९ खरका छाना विस्थापित गरी लगाइयो जस्तापाता

0
150

तिलाचन पाण्डे
साउन २०,२०८० गुल्मीःगुल्मीमा खरका छाना बिस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ । नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु बिस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ ।

मुसिकोट नगरपालिका गुल्मीमा करिब एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार २१ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ । बाँकी १७९ घरहरुमा पनि जस्ता पाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साँढे चार करोड खर्च भएको सूचना प्रबिधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिए ।

 

यस्तै रेसुंगा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्ता पाता लगाइसकिएको नगरपालिकाले जनाएको छ ।

सबै घरधुरीहरुमा जस्तापाता लगाइसकिएकाले अब खरका छानामुक्त नगर घोषणको तयारीमा रहेको सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । जसका लागि एक करोड रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिका ७४९ घर खरका छाना भएकोमा ७२५ घरहरुमा जस्तापाता लगाइसकेको र बाँकी २४ घरहरुमा जस्ता पाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षमा पालिकालाई खरका छानामुक्त घोषण गर्ने तयारीमा रहेको सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

 

चन्द्रकोटमा गाउँपालिकामा भने कुल एक हजार तीन घरहरु खरका छाना भएकोमा सात ८६४ घरहरुमा जस्तापाताहरु लगाइएको र बाँकी १३९ घरहरुमा जस्तापाता लगाउने अभियान जारी रहेको सूचना अधिकारी शिबप्रसाद ज्ञवलीले जानकारी दिए ।

यस्तै इश्मा गाउँपालिकामा ६०५ खरका छाना भएका घरहरु जस्ता पाता लगाइएको गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।जसका लागि झण्डै दुई करोड बढी खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मदाने गाउँपालिकाका ७३६ घरहरु खरका छाना भएकोमा सबै घरहरुमा जस्तापाता लगाई गाउँपालिकालाई २०७८ साल फागुन २६ गते खरका छानामुक्त घोषण गरिएको प्रमुख प्रशासकीय अधिकृत शालीग्राम पन्थीले जानकारी दिए ।
मालिका गाउँपालिकामा एक हजार ४८६ घरहरु खरका छानाहरुमा जस्ता पाता लगाइएको र खरका छानामुक्त गाउँपालिका घोषण गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्ने अभियानमा करिब तीन करोड ६५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गुल्मीदरवार गाउँपालिकामा ६४० घरहरु खरका छाना भएकोमा ५५० घरहरुमा जस्तापाता लगाएको र बाँकी ९० घरहरुमा जस्तापाता लगाउने कार्य यस आर्थिक बर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए । जसका लागि करिब एक करोड ५० लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

कालीगण्डकी गाउँपालिकामा ३१७ घरहरुमा जस्ता पाता लगाएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
धुर्कोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार २४५ घर धुरीहरुमा जस्तापाता लगाई खरका छाना मुक्त गाउँपालिका घोषण गरेको हो ।

आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छाना मुक्त गाउँपालिका घोषण गर्ने पहिलो निर्णय सार्थक भएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए ।
खरका छाना मुक्त गाउँपालिका घोषण भएसंगै आगलागीका घटनामा कमी आउने र मनसुन जन्य क्षतीबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लािग कुल १९ करोड,२९ लाख९४ हजार,११९ रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

जसअन्र्तगत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार २८७,नागरिक सुरक्षित आवासका लागि ७८ लाख ५० हजार,जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकिकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख, भूकम्प पछिको पुन निर्माणमा १३ करोड ८३ लाख खर्च भएको छ ।

 

SHARE