Friday, June 5, 2026

देशका मुख्य शहरहरुबाट रेसुंगा क्षेत्रको प्रचारप्रसार

0

तिलाचन पाण्डे
वैशाख १५,२०८१ गुल्मी : धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको बारेमा देशका मुख्य शहरहरुबाट प्रचारप्रसार थालिने भएको छ ।

रेसुंगा नगरपालिकाले रेसुंगा क्षेत्रको प्रचारप्रसारका निम्ती थालेको जाँउ हिंड रेसुंगा अभियानलाई थप प्रभावकारी बनाउनका लागि मुख्य शहरहरुबाट प्रचारप्रसार थाल्ने बताएको छ ।

रेसुंगा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यहि वैशाख २० गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहालले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुहुने भएको छ ।

गुल्मीबाट मात्र प्रचारप्रसार गरेर नहुने भएकाले देशका मुख्य शहरहरुबाटै अभियानका रुपमा प्रचारप्रसार थाल्नु आवश्यक रहेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी काठमाडौमा हुन लागेको कार्यक्रम र यसको उद्येश्यका बारेमा उहाँले जानकारी गराउनुएको हो । काडमाडौं पछी देशका अन्य मुख्य शहरहरुबाट पनि प्रचार प्रसारको अभियानलाई निरन्तरता दिने पन्थीको भनाई छ ।

रेसुंगा क्षेत्रमा देश तथा विदेशका गरी दुई हजार चारसय पर्यटक आएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

देश बाहिरबाट कोरिया, फ्रान्स,लण्डन र अमेरीकाबाट पर्यटक आएका हुन् भने देश भित्रबाट५५ जिल्लाका आन्तरीक पर्यटकहरुले भ्रमर्ण गरेको तथ्यांकमा उल्लेख छ ।

 

चार हजार ४६२ प्राथमिक शिक्षकका लागि आवेदन खुल्ला

0

वैशाख १५,२०८१काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार ४६२ शिक्षक माग गरेको छ। शुक्रबारको निर्णयअनुसार आयोगले शनिवार सूचना प्रकाशन गरी आयोगले सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको हो।

 

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुलाइएको छ।

 

सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३ जना माग गरिएको छ। यस्तै कोशीमा एक हजार ७७, गण्डकीमा ८०० मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलाइएको छ।

 

योग्यता पुगेका इच्छुक व्यक्तिले जेठ १३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ।

इश्माका आगलागी पीडितलाई काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने

0

तिलाचन पाण्डे
वैशाख १५,२०८१ गुल्मी : इश्माका आगलागी पीडितलाई नेपाली काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने भएको छ ।

पीडितहरुको घाउँमा मलम लगाउँनका लागि र दुःखमा नेपाली काँग्रेस साथमा रहेको सन्देश दिनका लागि काँग्रेसले दुई लाख सहयोग गर्ने निर्णय गरेको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

पन्थीले पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त रकम सहयोग गर्ने निर्णय भएको बताउँदै सबै राजनीतिक दल र संघ संस्थाले सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

इश्मा बाहेक अन्य स्थानीय तहहरुमा पनि आगलागीबाट पीडितहरुलाई सहयोग गर्नका लागि आफूहरुले योजना बनाएको बताउनुभयो ।

गत शनिवार इश्मामा आगलागीबाट ६४ गोठ,२६ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने १९९ ब्यक्ति प्रभावित भएका छन् । आगलागीबाट ६७ पशु चौपाय जलेका छन् भने करोडौंको क्षती भएको छ ।

 

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , एक घाइते

0

वैशाख १४,२०८१ गुल्मी : गुल्मीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
गए राती जिल्लाको गुल्मीदरबार गाउँपालिकाको गौडाकोटदेखी विरबास तर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्वरको मोटरसाइकल म्यालपोखरीमा दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा गुल्मीदरबार गाउपालिका ३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको र गुल्मीदरबार ४ का अन्दाजी ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घाइते सुर्यबंशीको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रीत भई सडकदेखी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल कस्ले चलाएको भन्ने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा औलो रोग सम्बन्धी अन्र्तक्रिया  तथा छलफल

0

तिलाचन पाण्डे

वैशाख १३,२०८० गुल्मीः गुल्मीमा विश्व औलो दिवको अवसरमा जिल्लाका सञ्चारकर्मीसंग छलफल तथा अन्र्तक्रिया गरिएको छ ।

 

बिहीबार जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले ‘औलो विरुद्धको लडाईलाई तिव्रता दिऔं,समानतामूलक पहुँचको सिर्जना गरौं’ भन्ने मूल नाराका साथ विश्व औलो दिवसको अवसरमा छलफल गरिएको हो । विश्व औलो दिवसको अवसरमा जिल्लामा औलोको जोखिम, लक्षण र रोकथामका उपायका बारेमा सञ्चारकर्मीसंग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

 

परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता औलोका सामान्य लक्षण देखा पर्ने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यस आर्थिक बर्षमा गुल्मीमा तीन हजार ८५ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देआएको छ ।

जिल्लामा रहेका स्वास्थ्यसंस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको चेकजाँच गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमूख श्रीकृष्ण भट्टराईले जानकारी दिए । विगतका वर्षदेखि स्वास्थ्य कार्यालयमार्फत जिल्लाका रहेका स्थानीय तहसंग समन्वय गरी औलो सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भट्टराईले बताए ।

गुल्मीमा औलोको जोखिम कमै देखिएको छ । पछिल्लो समय तराईका जिल्लासंगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक वोम अर्यालले आग्रह गरे ।

उनले यातयात र निर्माणका सामाग्रीबाट समेत लामखुट्टे भित्रिने र त्यसको टोकाइबाट औलो फैलिने गरेको बताए । लुम्बिनी प्रदेशमा एक सय ८० आयतित एक जना स्थानीयमा औलो देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले सन् २०२५ सम्ममा देशभर औंलो मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

गुल्मीको कालीगण्डकीमा प्रजननयोग्य बिउ बोका वितरण

0

तिलाचन पाण्डे
वैशाख १३,२०८१ गुल्मी : कालीगण्डकी गाउपालिका गुल्मीमा प्रजननयोग्य ११ वटा  बिउ बोका वितरण गरिएको छ ।

गाउँपालिकामा संचालित कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्र्तगत ११ वटा समूहलाई  बिउ बोका वितरण गरिएको सामाजिक जागरण तथा विकास अभियानका कार्यकारी निर्देशक विष्णु भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ वटा बिउ बोका वितरण गरिएको र बाँकी १३ वटा बिउ बोका केही दिनमै वितरण गर्ने गरी तयारी गरेको बताउनुभयो ।

हेफर प्रोजेक्ट नेपाल र कालीगण्डकी गाउँपालिका गुल्मीको आर्थिक सहयोगमा परियोजनाको सञ्चालन सामाजिक जागरण तथा विकास अभियान गुल्मीले गरेको छ । गाउँपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत लगानीमा ३६ महिना परियोजना पालिका भित्र सञ्चालन हुनेछ ।

गत वर्ष १५ वटा प्रजनन् योग्य बिउ बोका र ११५ वटा बिउ पाठी वितरण गरिएको हो ने बाँकी २२७ वटा बिउ पाठी यसआर्थिक वर्षमा वितरण गरिएको सामाजिक जागरण तथा विकास अभियान गुल्मीले जनाएको छ । यसका साथै करिव २०० रोपनी जग्गामा अकवरे खुर्सानीका बिरुवा लगाउने गरी नर्सरीमा वेर्ना तयार भएको र वेर्ना वितरण गर्ने तयारीमा रहेको सामाजिक जागरण तथा विकास अभियान गुल्मीका लेखापाल बशन्त खत्रीले जानकारी दिनुभयो । असार महिनामा वितरण गर्नका लागि तीन लाख किम्वुका बिरुवा नर्सरीमा तयारी अवस्थामा रहेको र लहरे वालीका साथै घाँसका बिरुवाहरु वितरण गर्ने खत्रीको भनाई छ ।

समूहका सदस्यहरुलाई बाख्रा पालनको माध्यमबाट आत्मनिर्भर बनाउन आयआर्जनमा वृद्धि गर्नु नै मुख्य लक्ष्य रहेको सामाजिक जागरण तथा विकास अभियान गुल्मीका कार्यकारी निर्देशक विष्णु भण्डारीले बताउनुभयो ।
पालिका भित्र ३९ वटा समूहहरु गठन गरी त्यी समूहहरुलाई ब्यवसायीक रुपमा बाख्रा पालन र ताजा तरकारी खेतीमा लगाइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो ।


ब्यवसायीक कृषि र पशुपालनको माध्यमबाट पालिका भित्रका नागरिकहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने आफूहरुको योजना रहेको थापाले बताउनुभयो । युवाहरुलाई यस क्षेत्रमा लगाइ आत्म निर्भर बनाउन सकेमा बढ्दो वैदेशिक लहरलाई पनि कम गर्न सकिने थापाको विश्वास छ ।

यस परियोजनाबाट पालिका भित्रका एक हजार नागरिकलाई संलग्न गराउने र आत्म निर्भर बनाउने लक्ष्य रहेको उहाँको भनाई छ । कृषकहरुलाई दीर्घकालीन रुपमा यहि पेशामा टिकाउन समस्या छ नी भन्ने खबरमार्केटको प्रश्नमा थापाले दीर्घकालिन रुपमा टिकाउने गरी नै आफूहरुले योजना बनाएको बताउनुभयो ।


युवाहरुलाई नेपालमै टिकाई राख्नका लागि ब्यवसायीक कृषि र पशुपालन नै उत्तम रहेको उहाँको दाबी छ ।

इस्माका अग्नी पीडितलाई रोटरी क्लबको नगद र सामाग्री सहयोग

0

अनिल खत्री
वैशाख १२,२०८१ गुल्मी : गुल्मी । गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले नगद र राहत समाग्री सहयोग गरेको छ । क्लबद्धारा संकलित राहत रकम र सामाग्री अग्नी पीडितलाई प्रदान गरेको हो ।

क्लबले अग्नी पीडितको आवास निर्माणको लागि ६१ हजार र खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । राहत सामाग्री प्रदान गर्न क्लबका पदाधिकारी तथा सदस्यहरु अग्नी प्रभावित क्षेत्रमा पुगेका थिए ।

अग्नी पीडितहरुको लागि सानो सहयोगले ठूलो काम गरोस भन्ने उदेश्यले सहयोग प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाको इस्मा गाउँपालिमा आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् ।

गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।

अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।

विनाशकारी भूकम्पको ९ वर्ष पूरा

0

वैशाख १२,२०८१ काठमाडौं : वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।

मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७।६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।

यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो।

यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन्। सिंहदरबार र धरहरालगायत अन्य कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् ।

पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत २०७८ पुस ९ मा विघटन भइसकेको छ।

गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागको बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।

दाङबाट रुकुम हिँडेको बस पुलबाट खस्यो

0

वैशाख ५,२०८१दाङ : दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

 

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

 

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए।

कालीगण्डकीमा एकीकृत घुम्ती शिविरबाट एक हजार ४४ जनाले लिए सेवा

0

तिलाचन पाण्डे
वैशाख ५,२०८१ गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले संचालनमा ल्याएको एकिकृत घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएका छन् ।

 

गाउँपालिकाले वडा नम्वर ७ भुर्तुङमा संचालन गरेको एक दिने एकिकृत घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

 


शिविरमा १७३ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण,२५१ जनालाई तरकारी मिनि किटवितरण तथा कृषि समूह नविकरण,२०१ पशुहरुको पशु बन्ध्याकरण तथा परजिवी नियन्त्रण सम्बन्धी औषधि वितरण, ४२ जना ८० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकहरुका लागि सहायता सामग्री वितरण, ७५ जना ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण,१०४ जनाको दन्त उपचार सेवा, १७३, जनालाई आयुर्वेद सेवा ,८ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा, ९ वटा योजनाहरुको कार्य, ३ वटा ब्यवसाय दर्ता तथा नविकरण र ५ जना गर्भवती तथा सुत्केरी महिलाहरुसंग उपाध्यक्ष भेटघाट कार्यक्रम भएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जकुमारी दर्लामीले जानकारी दिनुभयो ।

 

सुत्केरी महिलालाई भेटन जाँदा उपाध्यक्षले भाले लिएर जाने र स्वास्थ्य सम्वन्धी जानकारी लिई सल्लाहा दिने गरेको पनि दर्लामीले बताउनुभयो ।


संघीयताको मर्म अनुसार सिंहदरबारको अधिकार गाउगाउँका जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्नका लागि पालिकाले घुम्ती शिविर संचालन गरेको दर्लामीको भनाई छ ।

घुम्ती शिविरबाट स्थानीय सरकार भएको अनुभूती जनताले पाएको र सोही अनुसारको कार्यलाई आफूहरुले प्राथमिकता दिएको दर्लामीको दाबी छ ।

घरदैलोबाटै सेवा पाउँदा स्थानीयहरु पनि हर्षित भएका छन् ।