देशका मुख्य शहरहरुबाट रेसुंगा क्षेत्रको प्रचारप्रसार

0
119

तिलाचन पाण्डे
वैशाख १५,२०८१ गुल्मी : धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको बारेमा देशका मुख्य शहरहरुबाट प्रचारप्रसार थालिने भएको छ ।

रेसुंगा नगरपालिकाले रेसुंगा क्षेत्रको प्रचारप्रसारका निम्ती थालेको जाँउ हिंड रेसुंगा अभियानलाई थप प्रभावकारी बनाउनका लागि मुख्य शहरहरुबाट प्रचारप्रसार थाल्ने बताएको छ ।

रेसुंगा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नका लागि यहि वैशाख २० गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहालले एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुहुने भएको छ ।

गुल्मीबाट मात्र प्रचारप्रसार गरेर नहुने भएकाले देशका मुख्य शहरहरुबाटै अभियानका रुपमा प्रचारप्रसार थाल्नु आवश्यक रहेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी काठमाडौमा हुन लागेको कार्यक्रम र यसको उद्येश्यका बारेमा उहाँले जानकारी गराउनुएको हो । काडमाडौं पछी देशका अन्य मुख्य शहरहरुबाट पनि प्रचार प्रसारको अभियानलाई निरन्तरता दिने पन्थीको भनाई छ ।

रेसुंगा क्षेत्रमा देश तथा विदेशका गरी दुई हजार चारसय पर्यटक आएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

देश बाहिरबाट कोरिया, फ्रान्स,लण्डन र अमेरीकाबाट पर्यटक आएका हुन् भने देश भित्रबाट५५ जिल्लाका आन्तरीक पर्यटकहरुले भ्रमर्ण गरेको तथ्यांकमा उल्लेख छ ।

 

SHARE