इश्माका आगलागी पीडितलाई काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने

0
159

तिलाचन पाण्डे
वैशाख १५,२०८१ गुल्मी : इश्माका आगलागी पीडितलाई नेपाली काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने भएको छ ।

पीडितहरुको घाउँमा मलम लगाउँनका लागि र दुःखमा नेपाली काँग्रेस साथमा रहेको सन्देश दिनका लागि काँग्रेसले दुई लाख सहयोग गर्ने निर्णय गरेको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

पन्थीले पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त रकम सहयोग गर्ने निर्णय भएको बताउँदै सबै राजनीतिक दल र संघ संस्थाले सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

इश्मा बाहेक अन्य स्थानीय तहहरुमा पनि आगलागीबाट पीडितहरुलाई सहयोग गर्नका लागि आफूहरुले योजना बनाएको बताउनुभयो ।

गत शनिवार इश्मामा आगलागीबाट ६४ गोठ,२६ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने १९९ ब्यक्ति प्रभावित भएका छन् । आगलागीबाट ६७ पशु चौपाय जलेका छन् भने करोडौंको क्षती भएको छ ।

 

SHARE