इस्माका अग्नी पीडितलाई रोटरी क्लबको नगद र सामाग्री सहयोग

0
26

अनिल खत्री
वैशाख १२,२०८१ गुल्मी : गुल्मी । गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई रोटरी क्लब अफ रेसुङ्गा गुल्मीले नगद र राहत समाग्री सहयोग गरेको छ । क्लबद्धारा संकलित राहत रकम र सामाग्री अग्नी पीडितलाई प्रदान गरेको हो ।

क्लबले अग्नी पीडितको आवास निर्माणको लागि ६१ हजार र खाद्यन्न, कपडा, बाल्टी, जग लगायतका सामाग्रीहरु सहयोग गरेको क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । राहत सामाग्री प्रदान गर्न क्लबका पदाधिकारी तथा सदस्यहरु अग्नी प्रभावित क्षेत्रमा पुगेका थिए ।

अग्नी पीडितहरुको लागि सानो सहयोगले ठूलो काम गरोस भन्ने उदेश्यले सहयोग प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए । जिल्लाको इस्मा गाउँपालिमा आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् ।

गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।

अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढदै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।

SHARE