गुल्मीको कालीगण्डकीमा प्रजननयोग्य बिउ बोका वितरण

0
55

तिलाचन पाण्डे
वैशाख १३,२०८१ गुल्मी : कालीगण्डकी गाउपालिका गुल्मीमा प्रजननयोग्य ११ वटा  बिउ बोका वितरण गरिएको छ ।

गाउँपालिकामा संचालित कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्र्तगत ११ वटा समूहलाई  बिउ बोका वितरण गरिएको सामाजिक जागरण तथा विकास अभियानका कार्यकारी निर्देशक विष्णु भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ वटा बिउ बोका वितरण गरिएको र बाँकी १३ वटा बिउ बोका केही दिनमै वितरण गर्ने गरी तयारी गरेको बताउनुभयो ।

हेफर प्रोजेक्ट नेपाल र कालीगण्डकी गाउँपालिका गुल्मीको आर्थिक सहयोगमा परियोजनाको सञ्चालन सामाजिक जागरण तथा विकास अभियान गुल्मीले गरेको छ । गाउँपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत लगानीमा ३६ महिना परियोजना पालिका भित्र सञ्चालन हुनेछ ।

गत वर्ष १५ वटा प्रजनन् योग्य बिउ बोका र ११५ वटा बिउ पाठी वितरण गरिएको हो ने बाँकी २२७ वटा बिउ पाठी यसआर्थिक वर्षमा वितरण गरिएको सामाजिक जागरण तथा विकास अभियान गुल्मीले जनाएको छ । यसका साथै करिव २०० रोपनी जग्गामा अकवरे खुर्सानीका बिरुवा लगाउने गरी नर्सरीमा वेर्ना तयार भएको र वेर्ना वितरण गर्ने तयारीमा रहेको सामाजिक जागरण तथा विकास अभियान गुल्मीका लेखापाल बशन्त खत्रीले जानकारी दिनुभयो । असार महिनामा वितरण गर्नका लागि तीन लाख किम्वुका बिरुवा नर्सरीमा तयारी अवस्थामा रहेको र लहरे वालीका साथै घाँसका बिरुवाहरु वितरण गर्ने खत्रीको भनाई छ ।

समूहका सदस्यहरुलाई बाख्रा पालनको माध्यमबाट आत्मनिर्भर बनाउन आयआर्जनमा वृद्धि गर्नु नै मुख्य लक्ष्य रहेको सामाजिक जागरण तथा विकास अभियान गुल्मीका कार्यकारी निर्देशक विष्णु भण्डारीले बताउनुभयो ।
पालिका भित्र ३९ वटा समूहहरु गठन गरी त्यी समूहहरुलाई ब्यवसायीक रुपमा बाख्रा पालन र ताजा तरकारी खेतीमा लगाइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो ।


ब्यवसायीक कृषि र पशुपालनको माध्यमबाट पालिका भित्रका नागरिकहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने आफूहरुको योजना रहेको थापाले बताउनुभयो । युवाहरुलाई यस क्षेत्रमा लगाइ आत्म निर्भर बनाउन सकेमा बढ्दो वैदेशिक लहरलाई पनि कम गर्न सकिने थापाको विश्वास छ ।

यस परियोजनाबाट पालिका भित्रका एक हजार नागरिकलाई संलग्न गराउने र आत्म निर्भर बनाउने लक्ष्य रहेको उहाँको भनाई छ । कृषकहरुलाई दीर्घकालीन रुपमा यहि पेशामा टिकाउन समस्या छ नी भन्ने खबरमार्केटको प्रश्नमा थापाले दीर्घकालिन रुपमा टिकाउने गरी नै आफूहरुले योजना बनाएको बताउनुभयो ।


युवाहरुलाई नेपालमै टिकाई राख्नका लागि ब्यवसायीक कृषि र पशुपालन नै उत्तम रहेको उहाँको दाबी छ ।

SHARE