गुल्मीमा औलो रोग सम्बन्धी अन्र्तक्रिया  तथा छलफल

0
158

तिलाचन पाण्डे

वैशाख १३,२०८० गुल्मीः गुल्मीमा विश्व औलो दिवको अवसरमा जिल्लाका सञ्चारकर्मीसंग छलफल तथा अन्र्तक्रिया गरिएको छ ।

 

बिहीबार जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले ‘औलो विरुद्धको लडाईलाई तिव्रता दिऔं,समानतामूलक पहुँचको सिर्जना गरौं’ भन्ने मूल नाराका साथ विश्व औलो दिवसको अवसरमा छलफल गरिएको हो । विश्व औलो दिवसको अवसरमा जिल्लामा औलोको जोखिम, लक्षण र रोकथामका उपायका बारेमा सञ्चारकर्मीसंग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

 

परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता औलोका सामान्य लक्षण देखा पर्ने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यस आर्थिक बर्षमा गुल्मीमा तीन हजार ८५ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जसमा एक जनामा मात्रै औलो पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देआएको छ ।

जिल्लामा रहेका स्वास्थ्यसंस्थाबाट निःशुल्क रुपमा आरडिटीको माध्यमबाट यसको चेकजाँच गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमूख श्रीकृष्ण भट्टराईले जानकारी दिए । विगतका वर्षदेखि स्वास्थ्य कार्यालयमार्फत जिल्लाका रहेका स्थानीय तहसंग समन्वय गरी औलो सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भट्टराईले बताए ।

गुल्मीमा औलोको जोखिम कमै देखिएको छ । पछिल्लो समय तराईका जिल्लासंगै पहाडी जिल्लामा समेत औलो फैलिरहेकाले सचेतना अपनाउन स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक वोम अर्यालले आग्रह गरे ।

उनले यातयात र निर्माणका सामाग्रीबाट समेत लामखुट्टे भित्रिने र त्यसको टोकाइबाट औलो फैलिने गरेको बताए । लुम्बिनी प्रदेशमा एक सय ८० आयतित एक जना स्थानीयमा औलो देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले सन् २०२५ सम्ममा देशभर औंलो मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

SHARE