
खवर र्मोकट
वैशाख १५,२०८२ गुल्मी :गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिदैँ विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिनुभएको थियो ।
सोही निर्देशन अनुसार आइतबारबाट विद्यालयहरु सञ्चालनमा आएको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । विद्यालयहरु सञ्चालनमा आए नआएको बारेमा पालिका भित्र आफूहरुले अनुगमन गरेको र विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको उहाँको भनाइ छ ।
केही शिक्षकहरु आन्दोलनमा रहेकाले आउने क्रम जारी रहेको र यहाँ भएका शिक्षकहरुले विद्यालय सञ्चालन गर्दै भर्ना अभियान अगाडि बढाएको पराजुलीले बताउनुभयो ।

गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी संख्या रहेको शिक्षा शाखाले जनाएको छ ।






