गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

0
126

वैशाख १५,२०८२ गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका – १ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको छ भने पालुङटार नगरपालिकाका – ७ का ५० वर्षीय सुक माया आले र उहाँकी बुहारी १८ वर्षीय बिपना आले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

SHARE