
वैशाख १५,२०८२ पाल्पा। नेपाल नेत्रज्योति संघ पाल्पा को २४ औ साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ ।
सभा मा प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेश का उपसभापति सेर बहादुर थापा ले निजि छेत्र बाट संचालित आखा अस्पतालमा नेपाल सरकार को सहयोग न्युन रहेको बताउनुभयो।
प्रमुख अतिथि थापाले संघ मा चुनाव को बेला आजिबन सदस्य लिन को लागि पार्टी कार्यकर्ता को भिड लाग्ने चुनाब पछी निष्क्रिय देखिने हुना ले सदस्य बितरण गर्दा बिचार पुराउन आग्रह गर्नु भयो। बर्तमान समयमा मा आखा जाच गर्ने डाक्टर को अभाव भएको बताउनु हुदै पाल्पा गुल्मी अर्घाखाँची जिल्ला मिलेर समस्या समाधान गर्न लागि परेको भन्नु हुदै लुम्बिनी प्रदेश को तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा साखा का सभापति बाबुराम कार्कि , कालीगण्डकी आखा उपचार केन्द्र तथा सर्जिकल सेन्टर का सदस्य भोजेन्द्र प्रकाश ढकाल आमन्त्रित सदस्य केश लक्ष्मी श्रेष्ठ लगायतले सुभकामना मन्तव्य दिनु भएको थियो।

साधारणसभामा संघका भुतपुर्व सचिब स्वर्गीय लोक प्रसाद ढकाल को स्मृतिमा वहाँ को श्रीमती शारदा ढकाल ले एउटा कोठा निर्माणका लागि रु तिन लाख पाँच रुपैया प्रदान गर्नुभएकोमा प्रमुख अतिथि बाट प्रसम्सा पत्र प्रदान गरिएको थियो।
त्यस्तै गरि आमन्त्रित सदस्य केस लक्ष्मी श्रेष्ठले आफ्नो स्वर्गीय आमा बुबा को स्मृतिमा रु ३० हजार र भवन निर्माण कर्मि प्रेम बुढा ले रु २५ हजार सभापति बुद्धि प्रसाद शर्मा लाइ प्रदान गर्नु भएको थियो ।सो अबसर मा प्रमुख अतिथि थापा लाइ कार्यक्रम का सभापति बुद्धि प्रसाद शर्मा ले ढाका को टोपि र पाल्पालि करुवा माया को चिनो दिनु भएको थियो।
सभा मा सचिब राजेन्द्र लिगल ले बार्षिक प्रतिबेदन , र कोषाध्यक्ष बेद राम सिरिश ले आखा अस्पतालको ४ करोड ४३ लाख र नेत्रज्योति संघ तर्फबाट १६ लाख १५ हजार बराबर को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
आजै भएको बन्द सत्रले सचिब को बार्शिक प्रतिबेदन र कोषाध्यक्ष बाट प्रस्तुत भएको प्रतिबेदन सुझाव सहित पास गरेको थियो।कार्यक्रम मा संघ का उपसभापति भिमसेन कार्कि ले स्वागत सचिब राजेन्द्र लिगल को संचालन र सङ का अध्यक्ष बुद्धि प्रसाद शर्मा को सभापतित्व मा सम्पन्न भएको थियो।








