Saturday, June 13, 2026

घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

0

साउन २९,२०७९ गुल्मी : जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ ।

नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ ब्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान संचालन गरेको मरासिनीले बताउनुभयो ।

नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु मध्ये अहिले ब्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको भन्दै अन्य सेवाहरुलाई पनि यसै गरी अभियानकै रुपमा संचालन गर्ने तयारी रहेको उहाँको दाबी छ ।

यता नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज , सरल रुपमा सेवा प्रदान गर्नका लागि र स्थानीय सरकारको अनुभूती प्रदना गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको दाबी गर्नुभयो ।


अहिलकोे अवस्थामा जनतालाई बिना झन्झट , सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हुने भएकाले अभियान चलाइएको र यस अभियानलाई निरन्तर जारी राख्ने पन्थीको भनाई छ ।

यस्तै नगरपालिकाले उच्च शिक्षा (प्लस टु) मा ३ः२ प्रतिशत भन्दा माथि ल्याई नगरभित्र अध्ययन गर्ने बिद्यार्थीलाई मासिक चार हजारको दरले प्रदान गर्ने निर्णय समेत गरेको छ ।

खोला मिचेर पक्कि संरचना

0

दिवाकर पोख्रेल
देउखुरी, साउन २९ गते : दाङको लमही र यस आसपासमा उत्तर दक्षिणका खोलाहरु छन् । जुन चुरे पहाड हुदै दक्षिण बगेका छन् । हिउँदमा यि खोलामा पानी निकै कम बग्ने गर्छ । तर, बर्खाको समयमा खोलामा ठुलो बाढी आउने गर्छ । चुरे पहाड हुदै दक्षिण बग्ने खोलाको क्षेत्र मिचेर व्यक्तिगत संरचना बनाउने क्रम सुरु भएको छ ।

बजार बिस्तार हुदै जाँदा खोलाको भाग अतिक्रमण गरेर व्यक्तिगत संरचना बनाउने क्रम सुरु भएको हो । लमही नगरपालिका वडा नं. ४ स्थित अर्नहवा खोला मिचेर व्यक्तिगत संरचना बनाउने काम भइरहेको छ । लमही नगरपालिका वडा नं. ५ निवासी प्रताप केसीले खोला मिचेर पक्कि संरचना बनाउन थाल्नु भएको हो ।

खोला क्षेत्र मिचेर पक्कि संरचना बनाउदा पनि सम्वन्धित निकायले चासो दिएका छैनन् । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र न्यायिक समितिका सदस्य केशव अधिकारी लगायतको टोलीले केही दिन अघि स्थलगत अनुगमन गरेको थियो ।

सो क्रममा खोला मिचेर संरचना नबनाउन निर्देशन दिएको थियो । तर, त्यो निर्देशन विपरित अहिले पनि त्यहाँ संरचना बनाउने काम चलिरहेको छ । यसपाली राम्रो संग पानी नपरेको र खोलामा बाढी नआएको मौका छोपेर व्यक्तिगत संरचना खडा गर्न थालिएको हो । यसरी खोलाको क्षेत्र मिचेर पक्कि संरचना बनाउदा आफुहरुको जग्गा कटान हुने जोखिम रहेको स्थानीय मिनबहादुर केसीले बताउनु भयो ।‘आफ्नो मनोमानी ढंगले संरचना बनाउने काम जारी छ ।

अहिले बनिरहेको संरचनाका कारण अर्काे किनारमा कटानको जोखिम बढ्यो’केसीले भन्नुभयो–‘सार्वजनिक सम्पत्ति माथी व्यक्तिगत रजाई चलिरहेको छ । यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।’

पूर्व पश्चिम राजमार्गको क्षेत्र समेत मिचिएको छ । पक्कि वाल उठाएर जग्गा सुरक्षीत गर्ने र त्यस माथी संरचना बनाउने उद्देश्य देखिन्छ । यसरी खोलाको क्षेत्र मिचेर पक्कि संरचना बनाउदा भविस्यमा जोखिम हुन सक्ने भन्दै ध्यानकर्षण गराइएको छ ।‘हामी एक पटक पुगेका थियौं । विम ढलाई गरेर संरचना उठाईदै थियो,रोक्न भन्यौं’न्यायिक समितिका सदस्य केशव अधिकारीले भन्नुभयो–‘हामीले नबनाउन भनेर फर्कियौं ।
तर, अहिले पनि बनिरहेको छ भन्ने सुनेका छौं ।’ खोलाको क्षेत्र मिचेर पक्कि संरचना बनाउन थालेको बिषयमा वडा कार्यालयमा मौखिक उजुरी परेको वडा अध्यक्ष सुवास न्यौपानले जानकारी दिनुभयो ।‘हामी कहाँ मौखिक उजुरी आएको छ ।

लिखित रुपमा जानकारी दिनुहोस भनेका छौं’उहाँले भन्नुभयो–‘खोलाको क्षेत्र मिचेर व्यक्तिगत संरचना बनाउन पाईदैन । हामी नियमन गछौं ।’ स्थानीय बासिन्दाले हाल बनाईसकेको संरचनाले समेत असर गर्ने भन्दै काम रोक्नुका सट्टा बनाएको संरचना भत्काउनुपर्ने अडान राखेका छन् । खोला क्षेत्र मिचेर घर बनाइरहेका प्रताप केसीले जग्गा सुरक्षाको लागी मात्रै संरचना बनाएको दावी गर्नु भयो ।‘खोलाको क्षेत्र छोडिएकै छ । यसमा माटो हालेर अग्लो गराउछु’उहाँले भन्नुभयो–‘खोलाको पानी बग्ने भाग छदै छ ।’
खोलाको क्षेत्रमा घडेरी र पक्कि घर
खोलाको क्षेत्र मिचेर पक्कि संरचना बनाउने रोग नयाँ होइन । विगतका दिनहरुमा खोला क्षेत्र मिचेर पक्कि संरचना बनाउने काम चलिरहेको छ । यस बिषयमा स्थानीय सरकारले ध्यान दिएको पाईदैन् । सामान्य रुपमा टहरो बनाएर बस्ने, विस्तारै भोगचलन गर्ने र त्यहाँ पक्कि संरचना बनाउने यस प्रकारको समस्या बढ्दै गएको छ ।

घर बनाउदा पनि खोलाको भाग मिचेर बनाउने, पछी पानी निकास नहुदा जोखिम बढ्ने देखिएको छ । लोहटिया सोता, लमही सोता, सुनखोली सोता, अर्नहवा र बगई सोता पर्छन् । कतिपय ठाउँमा घडेरी बनाएर विक्रि गरिएको छ भने, कतै पक्कि घरहरु बनाइएको छ । विगत देखीनै यस प्रकारको काम हुदै आएको देखिन्छ । लालपुर्जा नभएको र नापी नभएकाले पनि जसले जग्गा चर्चिएको छ । उसैले संरचना बनाउने क्रम बढेको देखिन्छ ।

शहरी विकास मन्त्री चौधरीका निर्वाचन क्षेत्रमा महत्वकांक्षी योजना

0

दिवाकर पोख्रेल
देउखुरी, साउन २९ गते : नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्वकांक्षी योजना सुनाउनुभएको छ ।

पोडवे, करिडोर, केवलकार, सुरुङ मार्ग र नयाँ विमानस्थल जस्ता योजना सुनाउँदा देउखुरीबासी खुसीले गदगद भएका छन् । विभिन्न संघसंस्थाहरुले आयोजना गरेका कार्यक्रममा मन्त्री चौधरीले काम गर्नको लागि मन्त्रीहरुमा दृष्णिकोण आवश्यक रहेको बताउँदै आफ्नो कार्यकालमा दाङ देउखुरी क्षेत्रमा नयाँ र महत्वकांक्षी योजना लागु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको भयो ।

दलित सचेतना अभियानको नवनिर्मीत भवनको समुद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्नेगरी पाड्वेको परिकल्पना सहितको योजना सुनाउनु भएको हो । तुलसीपुर, घोराही, लमही, भालुवाङ क्षेत्रमा पोडवे संचालनको लागि बिस्तृत योजना बनाउन पहल भइरहेको उहाँको भनाइ छ । यस्तै मन्त्री चौधरीले लमही–घोराही सडकमा सुरुङ मार्ग, देउखुरी स्वर्गद्धारीको लागि केवलकार र देउखुरी क्षेत्रका राप्ती गाउँपालिका क्षेत्रमा नयाँ विमान स्थलको दिर्घकालिन योजना बनाएर काम गर्ने बताउनभुयो ।

मन्त्री चौधरीले भन्नुभयो, दाङ देउखुरीमा नमूना काम गर्ने मेरो योजना छ, त्यसको लागि नयाँ प्राविधिका सडक, विभिन्न ठूला योजनाको काम शुरुगर्ने गरी अध्यन भइरहेको छ । अहिले सम्म आफ्नो पहलमा भएका कामको फेरीस्ता सुनाउँदै मन्त्री चौधरीले देउखुरी क्षेत्रमा अबको केहीबर्ष कुनैपनि सडक कच्ची नहुने र सबै कालोपत्रे हुने दावी समेत गर्नुभयो ।

यस्तै कोइलाबास क्षेत्रमा ल्याण्डपुलिङ,गढवा क्षेत्रमा सिटीहल राप्ती गाउँपालिकाका सडक कालोपत्रे कामको योजना यसै वर्षबाट शुरुहुने जानकारी दिनुभयो । यस्तै तुलसीपुरमा रहेको बिमानस्थलमा ७२ सिटे विमान बस्नेगरी स्तरबृद्धिको काम गर्न पनि बजेट विनियोजन गर्ने बताउनुभयो ।
संवैधानिक सर्वोच्चता कायम राख्न गठबन्धन
शहरी विकास मन्त्री मेटमणी चौधरीले संवैधानिक सवोच्चताको लागि गठबन्धन कायम राखिने बताउनुभयो । दुइ पटक सम्म प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्दै मन्त्री चौधरीले संसद विघटन जस्तो कार्यलाई आफुहरुले सामान्य रुपमा नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, संसद बिघटन सामान्य थिएन, एमाले बाहेक दलहरु एक भएर गठबन्धन कायम राखेका छौ, यो पछि सम्म पनि हुन्छ, यो समावेशी लोकतान्त्रिक गणतन्त्र बचाइराख्न चालिएको कदम पनि हो ।

मन्त्री चौधरीले लमही नगरविकास समितिले निर्माण गर्न थालेको बहुउद्देश्यि सभाहलको शिलन्यास गर्नुभएको छ । एकहजार मानिस अट्ने उक्त भवन पूरा गर्न जम्मा ५३ करोडको लागत अनुमान गरिएको छ ।

भवन शिलन्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो । जग्गा प्रशस्त रहेको र उपयुक्त ठाउँमा रहेकाले उक्त भवनको योजना आफुले स्विकृत गरेर जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने गरी काम थालिने जानकारी दिनुभयो ।।

वाईसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी चयन

0

साउन २८,२०७९ गुल्मी :आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गईरहेको वाईसिय नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ ।

शनिवार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको बैठकले वाईसियल गुल्मीको तर्फबाट पाँच सदस्यीय प्रतिनिधी मण्डल छनौट गरेको हो ।
पाँच सदस्यीय प्रतिनिधी मण्डलमा वाईसिलय नेपालका केन्द्रिय सदस्य नारायण चन्द्र , अध्यक्ष अशोक श्रेष्ठ , नवनिर्वाचित सचिव अर्जु भण्डारी, सदस्यहरु रञ्जु सुनार र रवि कँडेल राष्ट्रिय सम्मेनमा जाने भएका हुन ।

आजकै बैठकले गुल्मी जिल्ला कमिटीको सचिवमा धुर्कोटका अर्जुन भण्डारी चयन गरेको हो । यस अघि प्रदेश कमिटीको बैठकले वाईसियल नेपाल ग्ुल्मी जिल्लाको अध्यक्षमा रिडीका अशोक श्रेष्ठलाई चयन गरेको थियो । अध्यक्ष श्रेष्ठका अनुसार हाललाई अध्यक्ष र सचिव रहने गरि ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । जिल्ला कमिटी बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष बुद्धि जिसीले सम्वोधन गरेका थिए ।

उनले वाईसिल नेपाल आगमी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचन केन्द्रित हुनु पर्ने भन्दै त्यसको तयारीमा जुट्न निर्देशन दिएका थिए । कार्यक्रमा अर्का नेता अशोक थापा ( मुक्ति ) ले पनि वाईसिलय कार्यकर्ताहरुलाई प्रशिक्षण मुलक मन्तब्य दिएका थिए ।

करेन्ट लागेर यादबको मृत्यु

0

साउन २८,२०७९ बारा : बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिका(२ इनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको बाराका डिएसपी राजेश थापाले जानकारी दिए।

उनका अनुसार आफ्नो खेतमा पानी हाल्न गएका यादवको मोटर तार जोड्ने क्रममा विद्युत् सर्ट धई शनिबार करिब ७ बजे मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

मिटरब्याजी विरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध

0

साउन २८,२०७९काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो।

सो कार्यदलका संयोजक डा। भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरेका छन्।

उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सकिने उनले बताए। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ।

त्यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याई कारबाहीको प्रकृया चलिरहेको स्पष्ट पार्दै अझै धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको जारी सूचनामा उल्लेख गरिएको छ।

नपलपरासीका मिटरब्याजी पीडितहरु ७७ जनाले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थालेपछि सरकारको ध्यानाकर्षण भएको हो। कार्यदलले हिजैदेखि पीडितहरुसँग समस्या समाधानको लागि वार्ता सुरु गरिसकेको छ।

यस्तो समस्या नवलपरासीमा मात्रै नभई तराइका अधिकांश जिल्लाहरुमा रहेको गुनासो प्राप्त भएकाले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले भदौ ५ गते भित्र उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो।

प्रहरीको भ्यान दुर्घटनाः तीन गम्भीर घाइते, हेलिकोप्टर मार्फत उद्धार गरिँदै

0

रुकुमपूर्व, साउन २८ गते ।
रुकुमपूर्वमा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना भएको छ । आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यान ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । लु ११०६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ ।

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश डाँगी सहित अन्य तीन जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको डीएसपी डाँगीले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इँटा बोकेको ट्रक त्रिशूलीमा

0

साउन २८,२०७९चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजेतिर ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। प्रहरीका अनुसार ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले कति जना सवार थिए भन्ने खुलेको छैन।

ट्रक बाहिर निकाल्ने प्रयास जारी राखेको प्रहरीले जनाएको छ । घटनाको थप जानकारी आउँन बाँकी छ।

कालीगण्डकी करिडोरको सडकमा खोला तर्न फड्के पुल

0
बडहरे खोलामा स्थानीयहरुले निर्माण गरेको फडके पुल

गीता पाण्डे
साउन २८,०७९ गुल्मीःकालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय बीरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

बर्षायामको समयमा खोला बढ्ने र आवत जावत गर्न समस्या भएकाले स्थनीयहरु मिलेर फडके पुल निर्माण गरेको स्थानीयहरुले जनाएका छन् ।
कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बिरेन्द्र अर्यालले जानकारी दिनुभयो।

खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले दाबी गर्नुभयो ।

सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनो रहेको सत्यवती गाउँपालिका वडा नम्वर दुईका वडा अध्यक्ष खडगबीर थापाले बताउनुभयो । बर्षाले खोला बढेपछि सो सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् ।

यस अघि २०७७ सालमा स्थानीयहरुले बनाएको फडकेपुल यहि असारमा आएको बाढीले बगाएपछि बकेवा र पाँहादीका स्थानीयहरु मिलेर सो फडके पुल निर्माण गरेका हुन् ।

यता कालीगण्डकी करिडोर गैडाकोट,राम्दी,मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले सो खोलामा पुलको डिजाइन भइरहेको बताउनुभयो । सो खोलामा बन्ने पुल डबल ल्यान्डको बन्ने कार्यालयले जनाएको छ ।

महाकालीमा नदीमा बगेर दुई किशोरी बेपत्ता

0

साउन २७,०७९बैतडी :महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका(८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

नुहाउने क्रममा शुक्रबार दिउँसो १ बजे नगतडीबाट महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो।

किशोरीहरू बेपत्ता भएको खबर पाउनासाथ नेपालतर्फका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।

घटनाबारे बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन्।