वाईसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी चयन

0
147

साउन २८,२०७९ गुल्मी :आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गईरहेको वाईसिय नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ ।

शनिवार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको बैठकले वाईसियल गुल्मीको तर्फबाट पाँच सदस्यीय प्रतिनिधी मण्डल छनौट गरेको हो ।
पाँच सदस्यीय प्रतिनिधी मण्डलमा वाईसिलय नेपालका केन्द्रिय सदस्य नारायण चन्द्र , अध्यक्ष अशोक श्रेष्ठ , नवनिर्वाचित सचिव अर्जु भण्डारी, सदस्यहरु रञ्जु सुनार र रवि कँडेल राष्ट्रिय सम्मेनमा जाने भएका हुन ।

आजकै बैठकले गुल्मी जिल्ला कमिटीको सचिवमा धुर्कोटका अर्जुन भण्डारी चयन गरेको हो । यस अघि प्रदेश कमिटीको बैठकले वाईसियल नेपाल ग्ुल्मी जिल्लाको अध्यक्षमा रिडीका अशोक श्रेष्ठलाई चयन गरेको थियो । अध्यक्ष श्रेष्ठका अनुसार हाललाई अध्यक्ष र सचिव रहने गरि ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । जिल्ला कमिटी बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष बुद्धि जिसीले सम्वोधन गरेका थिए ।

उनले वाईसिल नेपाल आगमी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचन केन्द्रित हुनु पर्ने भन्दै त्यसको तयारीमा जुट्न निर्देशन दिएका थिए । कार्यक्रमा अर्का नेता अशोक थापा ( मुक्ति ) ले पनि वाईसिलय कार्यकर्ताहरुलाई प्रशिक्षण मुलक मन्तब्य दिएका थिए ।

SHARE