प्रहरीको भ्यान दुर्घटनाः तीन गम्भीर घाइते, हेलिकोप्टर मार्फत उद्धार गरिँदै

0
279

रुकुमपूर्व, साउन २८ गते ।
रुकुमपूर्वमा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना भएको छ । आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यान ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । लु ११०६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ ।

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश डाँगी सहित अन्य तीन जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको डीएसपी डाँगीले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

SHARE