कालीगण्डकी करिडोरको सडकमा खोला तर्न फड्के पुल

0
173
बडहरे खोलामा स्थानीयहरुले निर्माण गरेको फडके पुल

गीता पाण्डे
साउन २८,०७९ गुल्मीःकालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय बीरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

बर्षायामको समयमा खोला बढ्ने र आवत जावत गर्न समस्या भएकाले स्थनीयहरु मिलेर फडके पुल निर्माण गरेको स्थानीयहरुले जनाएका छन् ।
कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बिरेन्द्र अर्यालले जानकारी दिनुभयो।

खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले दाबी गर्नुभयो ।

सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनो रहेको सत्यवती गाउँपालिका वडा नम्वर दुईका वडा अध्यक्ष खडगबीर थापाले बताउनुभयो । बर्षाले खोला बढेपछि सो सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् ।

यस अघि २०७७ सालमा स्थानीयहरुले बनाएको फडकेपुल यहि असारमा आएको बाढीले बगाएपछि बकेवा र पाँहादीका स्थानीयहरु मिलेर सो फडके पुल निर्माण गरेका हुन् ।

यता कालीगण्डकी करिडोर गैडाकोट,राम्दी,मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले सो खोलामा पुलको डिजाइन भइरहेको बताउनुभयो । सो खोलामा बन्ने पुल डबल ल्यान्डको बन्ने कार्यालयले जनाएको छ ।

SHARE