Thursday, June 4, 2026

आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरी : अर्थमन्त्री

0

पुस २८,२०७९ काठमाडौं :उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताउनु भएको छ ।

भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड १९ को महामारी पछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामुहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनु भएको हो ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नु हुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो–‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी सम्बृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं ।

आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरुलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु। ५८५ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ ।

‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२।८ प्रतिशत हुन्छ । यो कोभिड १९ महामारी पूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ, उपप्रधान तथा अर्थमन्त्रीले भन्नुभयो–वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रुपमा वित्तीय स्रोतका विभिन्न स्वरुपको समिश्रण गर्नुपर्दछ ।

नेपालले द्धिपक्षीय र बहुपक्षीय विकास साझेदारहरुसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण(दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउनुहुँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

 

नेपालमा हामी वित्तीय सेवाहरुमा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउनुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्युतीय वित्तीय सेवाहरुको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रमहरु लागु गरेको जानकारी दिनुभयो ।

 

नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउनुहँदै उहाँले वित्तीय समावेशिकरण तथा डिजिटलाईजेशनमा भारतले ठूलो सफलता हासिल गरेको र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नु भयो ।

 

समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरुको सहभागिता थियो ।

 

 

श्रम कानुनको सम्बन्धी अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ पुस :श्रम अडिट सम्बन्धी सरोकारवाला संग श्रम कानुनको विषयमा अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

श्रम रोजगार कार्यालय बुटवलको आयोजनामा कार्यक्रम भएको हो । श्रम तथा रोजगार कार्यालय बुटवलका बरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका र रम्भा गाउपालिकामा रहेका सहकारीका संचालक र व्यवस्थापकलाई लक्षित गरी तालिम दिइएको छ ।

तालिमको सहजिकरण बरिष्ठ श्रम अधिकृत, गिरिराज ज्ञवाली, शाखा अधिकृत केशवराज भट्टराई, दामोदर ज्ञवाली, राष्ट्रिय सहकारी बैंक लिमिटेड बुटवलका प्रमुख नारायण बेल्वासेले गर्नुभएको हो ।

शाखा अभिकृत दामोदर ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन नायव सुब्बा केशवराज पौडेलले गर्नुभएको थियो । कार्यक्रम रामपुर बेझाडको होटल न्यु श्रिनगरमा चलेको थियो ।

मुख्यमन्त्री गिरीको सपथ तथा पदभार ग्रहण ,तीन सदस्यीय मन्त्री मण्डल विस्तार

0

दिवाकर पोख्रेल
देउखुरी, पुस २८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री गिरीलाई शपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुख शेरचनलले इश्वर,देश र जनताको नाममा सपथ लिन्छु भन्दा मुख्यमन्त्री गिरीले देश र जनताको नाममा सपथ लिनुभएको हो ।

विहीवारै मुख्यमन्त्री गिरीले सनो आकार्को मन्त्री मण्डल विस्तार गर्नुभएको छ । सत्तासाझेदार दल विच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा दुइजना विना विभागिय मन्त्री सहित तीन सदस्यीय मन्त्री मण्डल गठन भएको हो । दुइजना मत्रीको मन्त्रालय पछी टुङ्गो लगाइनेछ । नव नियुक्त्त मन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट बाँके जिल्लाबाट निर्वार्चित प्रदेश सभासद कृष्णा केसी र नेकपा एमालेबाट अर्घाखाँची जिल्लाबाट निर्वार्चित प्रदेश सभासद चेत नारायण आचार्य हुनुहुन्छ । दुइजना मन्त्रीलाई पनि विहीबारै प्रदेश प्रमुख अमिक शेरचन सफथ खुवाउनु भएको छ ।

मुख्यमन्त्रीको सपथ ग्रहणको समय विहीबार दिउशो १बजेलाई तोकिएपनि सक्तासाझेदार नेपका एमाले र माओवादी केन्द्र विच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि ढिलो गरी सपथ ग्रहण शुरु भएको थियो । नेकपा माओवादी केन्द्रले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय सहित तीनवटा मन्त्रालय दावी गर्दे आइरहेको छ ।

अर्थ मन्त्रालयम नेकपा एमालेको पनि दावी रहेका कारण मन्त्रालयको टुङ्गो लगाउन नसकिएको नेकपा माओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश साँसद इन्द्रजित थारुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य तीनवटा मन्त्रालयमका दावी छ, हामीहरुले दावी गरेको मन्त्रालयमा एमालेको पनि दावी रहेकाले मन्त्रालय टुङ्गो लगाउन सकिएन केहिदिन भित्रै मन्त्रालय टुङ्गाएर मन्त्री मण्डल विस्तार हुनेछ ।’

सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साँसद वाहेक नेपाली काँग्रेस सहित अन्य दलका प्रदेश साँसद देखिएनन् । मुख्यमन्त्री गिरीले अर्थ तथा सहकारी, आन्तरिक मामिलालगायत १३ वटै मन्त्रालयको जिम्मेबारी आफै राख्नु भएको छ ।

यसैविच विहीबारै मुख्यमन्त्री गिरीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगि मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प् नरहेको बताउनुभयो । राजधानीको लागि चाहिने भौतिक पूर्वाधारको काम तिव्र रुपमा अघि बढाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘प्रदेशको स्थायी राजधानी देउखुरीमा स्थायी राजधानी लाई पूर्ण कार्यान्वयन गर्नूको विकल्प छैन,अब सरकारले जनतालाई संघीयताको बोध गराउने गरी काम गर्नेछ, जताको आर्थिक अवस्था सुधार गर्ने गरी काम गर्छ ।’

केहि दिनभत्रै सत्ता पक्ष दलहरुको आपसी सहमतिबाट मन्त्रालय टुङगो लगाएर मन्त्री मण्डल विस्तार गरिने उहाँको भनाइ थियो ।
बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा ,जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टीका सासदहरू र २ स्वतन्त्र सांसद गरी ५८ जनाको हस्ताक्षर सहित सरकार गठन दावी पेस गरिएको थियो । बुधबारै प्रदेश प्रमुख शेरचले नेकपा एमालेका संसदस्य दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

रामपुरमा माटो परीक्षण शिविर

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ पुस : पाल्पाको रामपुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाको आयोजना एवम् माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा किसानले खेतीयोग्य जग्गाबाट ल्याएका माटोको नमुना परिक्षण गरिएको छ ।

ज्ञान केन्द्रको आयोजनामा रामपुर नगरपालिका वडा नं ३ देखि ८ सम्मका क्षेत्रको कलष्टर छनौट गरी माटो सुधार अभियान अन्तर्गत माटो परिक्षण शिविर गरिएको हो भने परियोजना कार्यान्वयन एकाईको आयोजनामा अदुवा तथा बेसार जोन अन्तर्गत रामपुर नगरपालिका वडा नं १ र ७ तथा निस्दी गाउँपालिका वडा नं २, ४ र ५ क्षेत्रको माटो परिक्षण गरिएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । ज्ञान केन्द्रका प्रमुख अधिकारीले माटो परिक्षण शिविर पाल्पाका दशवटै पालिकामा गर्ने कार्यक्रम रहेको बताउनुहुदै किसानलाई माटोको अवस्था बुझेर मात्र बाली लगाउन सिफारिस गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका निमिक्त नगर प्रमुख कपिलबहादुर खाँणले यो कार्यक्रमले किसानलाई धेरै फाईदा पुग्ने हुदा बेला बेलामा यस्ता कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको छ । शिविरमा २१४ वटा माटोको नमुना सङ्कलन गरिएको छ । परिक्षण गरिएका माटोमा मध्यम देखि अम्लियपन देखिएको र फस्फोरसको मात्रा कम रहेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभएको छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका निमिक्त कार्यालय प्रमुख छकलाल आलेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन गैरेले गर्नुभएको हो ।

निसासिएर २ जनाको मृत्यु

0

पुस २७,२०७९वीरगञ्ज : पर्साको वीरगञ्ज महानगर(२२ जगरनाथपुरमा निसासिएर मंगलवार राति दुईजनाको मृत्यु भएको छ।

त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स ९कोइला डिपो०को रेखदेख गर्ने व्यक्ति झ्यालढोका बन्द गरी राति सुतेकोमा बुधवार बिहान अबेरसम्म निस्किएका थिएनन्। शंका लागी प्रहरी समेतको टोली पुगी ढोका फोडेर हेर्दा दुवैजना मृत्यु भएको अवस्थामा भेटिएका थिए।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी सुतेकोमा अक्सिजन ग्यास कमी भई निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

यसरी मृत्यु हुनेमा भारत बिहार राज्य मोतीहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं। ७ बस्ने २९ वर्षीय पवित्र गिरी र भारत बस्ने सोही डिपोका म्यानेजर ३० वर्षीय मिथलेश यादव छन्।

घटनास्थलमा नारायणी अस्पतालबाट चिकित्सकको अनुसन्धान अधिकृतको टोली पुगी मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

राप्ती सोनारीमा माँघी मिलन कार्यक्रम सम्पन्न

0

पुस २७,२०७९ बाँके : राप्ती सोनारी गाँउपालिका वडा नं। ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।

 

माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउदै यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको जिकिर गर्नु भएको थियो । उहाँले थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेकोले अब बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो । उहाँले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गर्नु भएको थियो ।


कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रीय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो ।
दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्ती सोनारी गाँउपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाँउपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले बताउनु भयो ।

सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्ती सोनारी गाँउपालिकाको वडा नं। ६ का अध्यक्ष लबराज खरेल, वडा नं। ७ का अध्यक्ष राम लखन थारु, बेसका केन्द्रीय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रम थारु महिलाहरुको सहभागिता रहेको थियो ।

पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते

0

पुस २२,२०७९ पाल्पा: पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्सानेगाउँका ६ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी -ढाेरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

रामपुर नगरको नगर सभा तथा १२ औँ अधिवेशन

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ पुस : पाल्पाको रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको पहिलो बैठक विहिवार देखि सुरु भएको छ । नगर सभाको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।

 

नगर सभामा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नगरपालिकाले चालु छ महिनाभित्र गरेको कार्य सम्पादन, योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । उहाँले कुल वजेट ६५ करोड २७ लाख ५० हजार नौ सय मध्ये हालसम्म २७ करोड ४७ लाख ९५ हजार छ सय रुपैयाँ प्राप्त भएको जानकारी दिदै हालसम्म २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताउनुभयो ।

 

विषयगत शाखा तथा वडा कार्यालयको प्रगति विवरण पेश गर्दै हालसम्म नगरभित्रका ५५४ योजनामध्ये १५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिनुभयो ।

 

नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ पारित गरेको छ । विपद व्यवस्थापन समितिका संयोजक दिलबहादुर रानाले पेश गर्नु भएको विद्येयक सर्वसम्मत रुपमा पारित गरेको छ । आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै नगर सभा समापन गरिएको हो ।

 

नगर प्रमुख थापाको अध्यक्षतामा चलेको नगर सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो ।

 

 

 

 

 

 

 

अन्धकारमुक्ति साकोसको २४ औँ स्थापना दिवस मनाइयो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ पुस :अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २४ औ संस्था स्थापना दिवसको अवसरमा सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा संस्थाको कार्यालय रामपुर ७ डुम्रीगाउमा कार्यक्रम भएको हो । संस्था स्थापना दिवसको अवसरमा नियमित वचतकर्ता, नियमित ऋण किस्ता भुत्तानी सदस्य, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट व्यवसायी, उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सम्मानित हुनेहरुमा नियमित वचततर्फ रामपुर सेवा केन्द्रका लोकबहादुर कुमाल, रामपुर लघुवित्तका दिलमाँया थापा, जव्गादी सेवाकेन्द्रका ताराबहादुर कार्की, ताहुँ सेवा केन्द्रका होमनाथ पौडेल, रामटार सेवा केन्द्रका खगेश्वर भट्टराई, सहयोगी सेवा केन्द्रका अन्जु ठाडालाई सम्मान गरेको हो ।

नियमित ऋण किस्ता भुक्तानीतर्फ रामपुर सेवा केन्द्रका सीता पाठक, रामपुर लघुवित्तका हरिकला श्रेष्ठ, जव्गादी सेवाकेन्द्रका धर्मबहादुर सार्की, ताहुँ सेवा केन्द्रका नितु केसी, रामटार सेवा केन्द्रका विन्दु मल्ल र सहयोगी सेवा केन्द्रका मोहम्मद इब्राहीम मियाँलाई सम्मान गरेको छ ।

उत्कृष्ट शेयर सदस्य विद्यामा रामपुर सेवा केन्द्रका सुदिप भट्टराई, रामपुर लघुवित्तका सविना पंगेनी, जव्गादी सेवाकेन्द्रका बालकृष्ण पंगेनी, ताहुँ सेवा केन्द्रका हर्षबहादुर सारु, रामटार सेवा केन्द्रका अर्जुन खनाल र सहयोगी सेवा केन्द्रका माधवप्रसाद कंडेललाई सम्मान गरेको थियो । उत्कृष्ट कारोबारतर्फ रामपुर सेवा केन्द्रका तारा अर्याल रेग्मी, रामपुर लघुवित्तका सन्जु घर्ति, जव्गादी सेवाकेन्द्रका चन्द्रकुमारी श्रेष्ठ, ताहुँ सेवा केन्द्रका उमबहादुर राना मगर, रामटार सेवा केन्द्रका विवेक पौडेल र सहयोगी सेवाकेन्द्रका नारायणप्रसाद ढुङ्गानालाई सम्मान गरिएको छ ।

उत्कृष्ट व्यवसायीतर्फ रामपुर सेवा केन्द्रका बुद्धिलाल बि.क., रामपुर लघुवित्तका ममौती खाम्चा, जव्गादी सेवाकेन्द्रका देवबहादुर जर्घा, ताहुँ सेवा केन्द्रका रुपा काम्मु, रामटार सेवा केन्द्रका ज्ञानप्रसाद भण्डारी र सहयोगी सेवा केन्द्रका टिकामाया अधिकारीलाई सम्मान गरिएको छ । उनीहरुलाई एक हजार राशी सहित सम्मान गरिएको थियो । लघुवित्ततर्फको उत्कृष्ट केन्द्रलाई पाँच हजार राशी सहित सम्मान गरिएको हो । पुरस्कृत हुने केन्द्रहरुमा अन्धकारमुक्ति परोपकार महिला केन्द्र, अन्धकारमुक्ति दुर्गादेवी महिला केन्द्र, अन्धकारमुक्ति वर्मु महिला केन्द्र र अन्धकारमुक्ति सक्षम महिला केन्द्र रहेको छ ।

उत्कृष्ट केन्द्र प्रमुखहरु बिजु घिमिरे, हिरा श्रेष्ठ, नारीसरा काम्मु र निर्मला अधिकारी भट्टराईलाई नगद दुई हजार राशीसहित पुरस्कृत गरिएको हो । संस्थाको कर्मचारीहरुमध्ये सहयोगी सेवाकेन्द्र बेझाँडका प्रमुख नारायण ढकाललाई नगद दुई हजार राशी सहित पुस्कृत गरिएको छ । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले दश हजार बढी शेयर सदस्यहरु मध्येबाट कार्यविधि अनुसार उत्कृष्ट छनौट गरी सम्मान गरिएको जानकारी दिनुभयो ।

सल्लाहकार एवम् संस्थापक अध्यक्ष मोहनप्रसाद भट्टराईले संस्था स्थापनाको अवस्था र अहिले संस्थाले गरेकोे कामका सन्दर्भमा जानकारी गराउनुहुदै सदस्य सेवालाई पहिलो प्राथमिकता दिएर काम गरेकाले अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा पहिचान दिन सफल भएको बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष दोवराज तिवारी, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार कमलराज भट्टराई, संचालक समिति सदस्य मनोरथ भट्टराई, लेखा सुपरिवेक्षण समिति संयोजक विष्णुप्रसाद लम्साल, सेयर सदस्यहरु विवेक पौडेल, बिजु घिमिरे, ज्ञानप्रसाद भण्डारी लगायतले बोल्दै संस्थाले गरेको कामको प्रशम्सा गर्नुभएको छ ।

उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव ओमप्रकाश बस्यालले गर्नुभएको हो । कार्यक्रममा धन्यवाद संस्थाका सहसचिव यमप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

विसं २०५५ मा स्थापना भएको संस्थामा हाल दस हजार छ सय सेयर सदस्य आबद्द छन् । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले शेयर सदस्य संख्या संगै पुँजी वृद्धि हुँदै जाँदा अवसरहरुसंगै संस्थाका चुनौति र जिम्मेवारी थपिदै गएको बताउनुभयो ।

सहकारी शेयर सदस्यहरु प्रति थप जिम्मेवार भएर समयानुकुल अघि बढीरहेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुको सहजताको लागि मोबाईल बैकिङ सञ्चालन गरेको जानकारी दिनुभयो ।

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाइ

0

पुस २१,०७९ काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि हस्तक्षेप नहुने बताउनु भएको हो ।

 

उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरुलाई कार्यान्वयन गरेर अघि बढन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

 

कार्यक्रममा अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । जसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव, न्यून राजश्व परिचालन र मुद्रा स्फीति समस्या छन् ।

 

अहिले लगानी योग्य रकम विस्तारै सहज हुँन थालेको, मुद्रा स्फीति नियन्त्रण उन्मुख रहेको महाशाखाको भनाइ छ । महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता पैँतालीस दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको जानकारी पनि गराएको छ ।

 

महाशाखाले ब्याज दर पनि उच्च हुँदा मुद्रास्फीति नियन्त्रणमा सहयोग गरेपनि आर्थिक वृद्धिलाई असर पार्ने, न्यून राजस्व परिचालनले सार्वजनिक वित्त सन्तुलनलाई नकारात्मक प्रभाव पार्ने र मुद्रा स्फीतिले जनताको क्रय शक्ति न्यून पारी जनताको जीवनलाई कठिन परेको जानकारी गराएको छ ।

 

महाशाखाले केही समस्या विश्वव्यापी प्रकृतिका रहेको उल्लेख गर्दै नेपालमा बजेटले लिएको आर्थिक लक्ष्य प्राप्त गर्न साधन जुटाउने विषय, लगानीको उच्च लागत, आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई लक्षित सीमा भित्र राख्ने विषय, सरकारी खर्च र राजस्व प्राप्तिबीच सन्तुलन कायम गर्ने विषय लगायतका चुनौतीका रुपमा प्रस्तुत गरेको छ ।

 

महाशाखाले अब आर्थिक वृद्धि र अर्थतन्त्रमा स्थायित्व कायम गर्न सन्तुलित उपाय अबलम्वन गर्ने, पूँजीगत खर्चको कार्यान्वयनमा जोड दिने, राजस्व परिचालनमा विशेष कदम चाल्ने, अनौपचारिक क्षेत्रको विशेष नियमन गर्ने, आयात प्रतिबन्ध खुकुलो पार्ने, शोधभर्नालाई तीब्र पर्ने, सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन पारित गर्नु पर्ने लगायतका बुँदा प्रस्तुत गरेको थियो ।

कार्यक्रममा बजेट महाशाखाले ४ खर्ब ६ अर्ब ५४ करोड चालु खर्च र ४३ अर्ब ७७ करोड रुपैयाँ पूँजीगत खर्च भएको जानकारी गराएको छ ।

 

यसैगरी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले आर्थिक वर्ष २०७९र०८० मा १ खर्ब ३७ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता भएको र त्यसमध्ये १ खर्ब १४ अर्ब ऋण र २३ अर्ब रुपैयाँ अनुदान भएको जानकारी गराएको छ ।